इन्द्रेणी साहित्यिक त्रैमासिकको हाइकु बिशेस अंकको बिमोचन सम्पन्न

पेनांग/ विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदोतारा साहित्य समाज पेनांग, मलेसियाको तेस्रो प्रकाशन साहित्यिक त्रैमासिक पत्रिका इन्द्रेणीको पहिलो अंक हाइकु बिशेस अंकको बिमोचन यहि सेप्टेम्बर २९ तारिक शनिबारको साँझ एक कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ ।

उक्त अवसरमा स्थानीय नेपली साहित्यिक स्रस्टा तथा नेपाली समाजसेवी लगायतको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष भिष्म दर्नालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कृष्ण आलोकले स्वागत भाषण गर्नुभएको थियो । अन्य वक्ताहरुमा समाजका सचिव तथा पत्रिकाका संयोजक जीतमान राई ‘ सबिन’, समाजका अध्यक्ष तथा पत्रिकाका सम्पादक दिप दर्शन, सदस्य राजु राई, स्थानीय आकाशचन्द्र सुनुवार लगायत हुनुहुन्थ्यो । सभापति, संयोजक, अतिथि आकाश चन्द्र सुनुवार, सम्पादक र सदस्य राजु राईले संयुक्त रुपमा पुस्तकको बिमोचन गर्नुभएको थियो । समाजले नियमित प्रकाशन गर्ने गरि शुरु गरेको इन्द्रेणी साहित्यिक त्रैमासिक पत्रिकाको प्रत्येक अंक बिशेस अंकको रुपमा प्रकाशन गर्ने जनाएको छ, सोहि अनुसार पहिलो अंक हाइकु बिशेस भए जस्तै दोस्रो अंक रुबाई बिशेस निकाल्ने तयारी भैरहेको कुरा पनि बताइएको छ ।

कार्यक्रमको दोस्रो चरणमा सिर्जना वाचन कार्यक्रम अन्तर्गत एक दर्जन स्रष्टाहरुले आ-आफ्नो सिर्जना प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन समाजका सदस्य थलिन्द्र भुजेल ‘उदय’ ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *