आँसुले जलेका मनहरु विमोचित

गत २४ अगस्त १२, विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत र महासङ्घ आजीवन सदस्य कुमार श्रेष्ठको सयुक्त गजल संग्रह ‘आँसुले जलेका मनहरु’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

भुङ्ग्रो रेष्टुरेष्ट हनुमान ढोकामा आयोजित समारोहका प्रमुख अतिथि प्राज्ञ ललिजन रावलले उक्त नवंकृतिको विमोचन गर्नुभयो भने कृति माथि देवी नेपालले टिप्पणी गर्नुभएको थियो । साहित्य महासङ्घका विश्व केन्द्रिय महासचिव विश्वास दीप तिगेलाले विशिष्ट अतिथिको मन्तब्य राख्दै महासंघको बारेमा जानकारी गराउनु भएको थियो ।

Watch ALL VIDEOS >>
कार्यक्रमलाई रामेछाप एफएमले प्रत्येक्ष प्रसारण गरेको थियो भने नेपालीसमाचार डटकमले अनलाइनबाट प्रत्येक्ष प्रसारण गरेको थियो । कार्यक्रम साहित्य महासंघका उपाध्यक्ष रमेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । क्यापीटल एफएमका प्रस्तोता सुश्री इच्छा गुरुङले रोचक ढङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *