साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न

उत्कृष्ट सदस्य, आबद्ध संस्था र शाखा घोषणा

ब्रुनाई, १३ जुलाई २०१२, नेपाली साहित्यको ठूलो संस्था मध्येको एक विश्व नेपाली साहित्य महासङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट शाखा घोषणा गरेको छ ।

विश्वभर रहेका १२ देशका १४ वटा साहित्य महासङ्घको शाखाहरु मध्येबाट साउदी अरेबिया शाखालाई यस बर्षको उत्कृष्ट शाखा र उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेशियालाई उत्कृष्ट महासङ्घ आबद्ध साहित्यिक संस्था घोषणा गरेको छ भने साउदी अरेबिया शाखाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत लाई यस बर्षको उत्कृष्ट सदस्य घोषणा गरेको छ ।

महासंघको तेस्रो स्थापना दिवस तथा आदीकवी भानुभक्तको १९९ औ जन्मजयन्तिको अवसरमा आयोजित साइबर भेलामा छनौट समितिको तर्फबाट महासचिव विश्वासदीप तिगेलाले घोषणा गर्नुभएको थियो । छनौट समितिमा उपाध्यक्ष सुरेसजङ्ग शाह, केन्द्रिय पार्षद खगेन्द्र पन्धाक (थाइल्याण्ड), सल्लाहकार डा. कविताराम श्रेष्ठ (वेलायत) र महासचिव तिगेला रहनु भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा सिर्जना बाचन तथा आदीकवी भानुभक्त र महासंघको बारेमा चर्चा गरिएको थियो । आदीकवीको बारेमा साउदी अरेबियाबाट सागर श्रेष्ठले विस्तृत चर्चा गर्नुभयो साथै रसियाबाट बरिष्ठ साहित्यकार कृष्णप्रकास श्रेष्ठले भानुको अन्य कृतिहरु पनि रसियन भाषामा अनुवाद हुदै गरेको बताउनु भयो ।

महासङ्घ छोटो समयमै विभिन्न महत्वपूर्ण कार्यहरु गर्न सफल भएको कुरा पूर्व राजदुत तथा संयुक्त राष्ट्रसंघका विज्ञ मुरारीराज शर्माले लण्डनबाट बताउनु भयो । त्यस्तैगरि नेपाली साहित्यको ठूलो र भरपर्दो संस्थाको रुपमा महासङ्घ स्थापित भईसकेको कुरा डा. कविताराम श्रेष्ठले बताउनु भयो ।

उक्त साइबर भेलामा अमेरिकाबाट नम्रता गुरागाई, रसियाबाट गोविन्दप्रसाद गौतम, थाइल्याण्डबाट खगेन्द्र पन्धाक, क्यानडाबाट हरी शिवाकोटि, सेसेल्सबाट गणेश खड्का, मलेशियाबाट दीपदर्शन शाही, बेलायतबाट सुरेसजङ्ग शाह, बोष्टन अमेरिकाबाट गोवद्र्धन पुजा, पोचुगलबाट भिम केसी कमल, ब्रुनाईबाट विश्वासदीप तिगेला, साउदी अरेबियाबाट सागर श्रेष्ठ र खगेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो भने जापानबाट उपाध्यक्ष तिलक मल्लले सभापतित्व गर्नु भएको थियो ।

One thought on “साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न

  1. नेपाल र नेपाली प्रति नेपाली साहित्य प्रति नेपालीको मनोभावना पलाऊनु स्वभाविक हो तर विदेशी भूमीमा बाँच्ने र कमाउने सोचमा रहेको जीन्दगीलाई साहित्य तर्फ र समाजसेवा तर्फ बढाउने सम्पूर्ण नेपाली प्रति आभारी छु । ‘डुकु कम्पनी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *