महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो !

पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका अबसरमा यसरी कबिता र कलाको संयोजन गरेर बिदेशी भूमिमा मनाउनु भनेको नेपाल र नेपाली भाषाको पहिचान बढाउनु र गर्विलो बनाउनु हो भन्नु भयो ! यस्ता कार्यले अन्तत्वगत्वा देशलाई नै फाईदा पुर्याउँछ भन्नु हुँदै महामहिम राजदुत डा. चालिसेले साहित्यकार भीमनिधि तिवारीको योगदानको बारेमा चर्चा गर्नुभयो !

उक्त समारोहमा नेपाली साहित्य बिकास परिषद यूकेका अध्यक्ष हरि सिंह थापा यति संस्थाका प्रतिनिधि कार्यकारिणी तथा परिषद्का सह अध्यक्ष कबि कोमल प्रसाद श्रेष्ठ मल्ल र परिसदका सस्थापक तथा बिश्व नेपाली साहित्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरेशजंग शाहले नेपाली साहित्यको श्रीवृद्धि गर्नमा साहित्यकार भीमनिधि तिवारीको योगदान महत्वपूर्ण भएको चर्चा गर्नुहुँदै हामी जहाँ रहेपनि हाम्रो भाषा साहित्य तथा कला जस्ता नेपाली चिनारीहरुलाई जोगाईराख्नु पर्दछ भन्नु भयो ! सभापतिको आशनबाट बोल्नु हुँदै बिनेसाम बेलायत शाखाका अध्यक्ष समिप हाँङ्बङ्ग ‘जर्जर’ र स्वागत मन्तब्यमा बोल्नु हुँदै महा संघ युके शाखाका सदस्य केशब भण्डारी लगाएत नेपाली साहित्य प्रतिष्ठान युकेका सचिब कबि काङ्बाङ् नरेश राई, गोर्खा नेपाली कमिन्युटिकि कार्यबाहक अध्यक्ष अरुणा राई र पत्रकार गोबिन्द बेलबासेले हाम्रो भाषा साहित्यको न्यानोपनमा नै हाम्रो परिचय बाँचेको हुन्छ र नेपाली भएको गौरव अडेको हुन्छ भन्नु हुँदै भीमनिधि तिवारीको जीवनी बारे प्रकाश पार्नु भएको थियो !

कार्यक्रमको आरम्भमा साहित्यकार कबि भीमनिधि तिवारीको तस्बिरमा प्रमुख अतिथि महामहिम राजदुत डा. सुरेश चन्द्र चालिसेबाट माल्यार्पण र साथमा राष्ट्रियगान प्रस्तुत गरिएको थियो ! महासंघ युके शाखाका महासचिव पवन शर्माले कबि भीमनिधि तिवारीको कविता बाचन सहित जीवनी प्रस्तुत गर्नु भएको थियो ! महासंघ शाखाका अध्यक्ष हाँङ्बाङ् ‘जर्जर’को सभापतित्व र महासचिव पवन शर्माबाट कार्यक्रम संचालन भएको थियो ! कार्यक्रममा पिटरबोरो नेपाली समाज संस्थाका अध्यक्ष महेश अधिकारी तथा नेपाली सन्देशका प्रधान सम्पादक बिके पाण्डे, ग्लोबल नेपाल न्युजका प्रधान सम्पादक कबि गोपाल पौड्याल ‘मण्डने’ तथा नयाँसन्देश साप्ताहिकका विजय हितान लगायत संस्थाका बिभिन्न व्यक्तिहरुको उपस्थिति थियो ! कार्यक्रममा आयोजित कवि गोष्ठीमा भाग लिने १४ जना कविहरुमा महर्षि गौतम, कोमल प्र. श्रेष्ठमल्ल, कवि मण्डने, धनबहादुर थापा, हरि सिंह थापा, शिवराज पन्त, राम बाबु कोइराला, काङ्गबाङ्ग नरेश राई, विजय हितान, दलबहादुर बुढाथोकी, रामहरी पौडेल तथा भरत पाण्डे हुनुहुथ्यो ! केही सहभागी कविहरुले समय अभावमा कविता बाचन गर्न पाउनु भएन ! कार्यक्रमको बीच बीचमा गीत तथा नृत्यकलाको प्रस्तुति समेत रहेको थियो !

सोहि अबसरमा प्रखर स्वरका धनी युवा गायक सुनिल ज्ञवालीले भक्तराज आचार्यको गीत गाउनु भएको थियो भने कलाकार रितु बेलवासेले सास्त्रीय नृत्य र मनिता ईबिङ्गोले आधुनिक गीत गाएकी थिइन् ! कार्यक्रम भब्य र सभ्य रुपमा मनाउन पिटरबरो स्थित नेपाली समाज पिटरबरो नेपलिज कम्युनिटी संस्था, गोर्खा नेपाली कमिन्युटि संस्था लगाएत पत्रकार, साहित्यकार तथा सबै क्षेत्रको उल्लेखनीय सहभागिता र सहयोग रहेको थियो ! समारोहमा उपस्थित तथा सहयोगी सबैलाई बिश्व नेपाली साहित्य महासंघद्धारा हार्दिक धन्यवाद तथा आभार प्रकट गरिएको थियो !

2 thoughts on “महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

  1. dear central member !
    i am samip hangbang president of biswa nepali sahitya mahasngh ( u k ) chapter last dates i mean 25 th of february 2012’s progreme about ” Sahitya bhela ”has been sucess . i like to say that what about gone news. there i have got wrong name and wrong performance. so we need to understand about always. S. H. ” Jarjar ” Samip Hangbang.

  2. because it wasn’t sahitya progrem exactly was biswa nepali sahitya mahasangh uk chapter’s ”SAHITYA BHELA ” KAYAKRAM.

Leave a Reply

Your email address will not be published. Required fields are marked *