साहित्य समाजको देउसीबाट २ लाख २० हजार संकलन – नयाँ नेतृत्व

ब्रुनाई, ३ नोभेम्बर ११, प्रवासमा सक्रिय साहित्यक सस्थाहरु मध्ये एक प्रवासी नेपाली साहित्य सामाज ब्रुनाई ‘विश्व नेपाली साहित्य महासंघमा आवद्ध’ ले तिहारको अवसरमा देउसी कार्यक्रम सम्पन्न गरयो ।

टिकाको साँझ र भोलिपल्ट खेलेको देउसीमा जम्मा २ लाख २० हजार संकलन भएको कुरा कोषाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनु भयो ।

वेलायती सेनामा सेवारत गुर्खालीहरुको साझा संस्था यस साहित्य समाज सन् २००१ मा स्थापित भई संचालनमा रहेको छ । यस संस्थाले प्रत्यक बर्ष एकजना उत्कृष्ट स्रष्टा र एकजना उत्कृष्ट ब्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गर्ने गर्दछ । कृष्ण धरावासी, गणेश रसिक लगायतका स्रष्टाहरुलाई यस समाजले पुरस्कृत गरि सकेको छ भने प्रथम विश्वब्यापी रेडियो गजल प्रतियोगिता पनि सम्पन्न गरेको थियो ।

समाजले संकलित रकमबाट आउने उद्यौली पर्वमा असहायहरुको निमित्त कल्याणकारी काम गर्ने, भर्खरै अफगानिस्तानमा वीरगति प्राप्त गरेका स्व. विजय राई प्रति विभिन्न मिडियाहरुमा श्रद्धान्जली ब्यक्त गर्ने, समाजको स्मारिका प्रकाशन लगायतको काम गर्ने जनाइएको छ । समाजले सडक वालवालिका, आपतविपतमा परेकाहरुलाई पटकपटक सहयोग गर्दै आएको छ ।

साहित्य समाजले यहि ६ नोभेम्बरको दिन सेरिया ब्रुनाईमा भेलाको आयोजना गरि नयाँ नेतृत्व चयन गर्नेकुरा अध्यक्ष सुरेन्द्र इङनामले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *