फर्क अब (मनोज काफ्ले ‘मनसुन’)

ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर
घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर l
फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो
परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो l(१)l

न भनि गयौ परदेश जान्छु न खबर पठायौ
भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ l
खान र लाउन पुगेकै थियो मेला र पातले
यो छाती बैनी फुटे झैँ दुख्छ सत्रुको बातले l(२)l

छनअरे त्यहाँ फोनै फोन मायाँजाल हुर्काउने
सुन्दरी काली भनेर तिम्रो बैंसलाई फुर्काउने l
शेखको घर काँ हो काँ पर त्यो मरुभूमिमा
गरेर काम छैन कि माम बस्यौ कि रुनिमा l(३)l

रातभरि तिम्रो फोनले भन्छ नसुती बोलेको
त्यसैले बैनी यो मुटु आज साह्रै छ पोलेको l
यो सन्देश पाउ फर्केर आउ जे परे म गर्छु
ज्यान दिनपरे तिम्रा लागी भो बरु मै मर्छु l(४)l

मनको चाह छ र पो कहाँ धेरैदिन बच्नको
परदेश बसेर न अर्थ हुन्छ जीवन रच्नको l
भनेर तिम्रा बाउआमा रुन्छन् पिंढीमा बसेर
एकबारको जुनी मरेनी भयो के अर्थ बचेर l(५)l

बुढेसकाल पियाउने पानी छ भन्थे छोरी त
हिजाज उनका आँखामा आँशु बलेनि सरिछ l
न धन तिमी कमाई घरमा दुई पैसा पठायौ
न घरमा बसी बाउआमालाई सुख नै कटायौ l(६)l

जन्माई तिमलाई बढाई पढाई चौरास गरेर
एक शब्द पनि नसोधी आयौ विदेश सरेर l
यी दिनलाई सन्चै छ यहाँ पिर चिन्ता नगरे
सम्झेर आउ यो तिम्रो गाउँ लौ आँशु न छरे l(७)l

पाटी र पौवा चौतारी भरि गुनगुन गर्दछन्
गाउले सारा त्यै त हो पारा समुन्द्र तर्दछ्न् l
ए प्यारी बैनी एकफेर सोच नफर्के रिसाउछु
अन्तिम खेरि दुईहात जोडी बिन्ति बिसाउछु l(८)l

Leave a Reply

Your email address will not be published. Required fields are marked *