देशको पुनर्घोषणा ! (मधु माधुर्य)

“मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ? प्राकृतिक रेफ्रिजेरेटर खोलेर लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु; कृष्ण-सागर तर्दा चकमक हराएछ जुनकिरी अटेरी भएकी बेला- एक झिल्को आगोContinue reading… देशको पुनर्घोषणा ! (मधु माधुर्य)

छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ बेदनाले तिमीलाई नै लुटे पछि थाहा हुन्छ नखोजेको हैन मैले सम्झाउन धेरै धेरै पानी माथि ओभानो भइ, गल्ति देख्यौ सधैँ मेरै पर्ख तिम्लाई असिनाले चुटे पछि थाहा हुन्छ मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ थाक्नु थाके प्रयास मेरा तिम्रै खुशी गर अब छोडी जाने निस्ठूरीकोContinue reading… छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)

मेरो शुभ यात्राको कामना गर्दै आफ्नो गहभित्रै आँसु लुकाएर रुन्चे स्वरमा बिदा गर्ने मेरी दू:खी आमा अनि रोगी बुढा बाको आशिर्वाद र न्यानो मायाँलाई मेरो छाँतिभित्र सुटुक्क लुकाई बषौं अघिदेखि परदेशिएर सबैसँग टाढिई एक्लै बाँचेको छु म भन्छन, मेरी आमा सुन्न र देख्न सक्तिनन रे मेरो बालाई आफ्नो होसले छोडि सक्यो रे तर मलाई योContinue reading… मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)

सिम्मको नाममा नयाँ चिट्ठी २ (इन्द्र नारथुगे)

अर्थहरु अनर्थ बन्दै गएपछि अनर्थहरुले अर्थको रुप लिएपिछ हामी ब्यर्थ हुँदैछौं सिम्मा त्यसैले त तिम्रो नाममा म अर्को नयाँ चिठ्ठी लेखिरहेको छु यतिबेला । निनाम्मा आधा उधारिए पनि चेतनाको ढोका उधारिएन-मुलीहरुको र हामीले पनि खोल्न सकेनौ भविश्यलाई वर्तमानकॊ संघारमा टेकेर साँच्चै सिम्मा अरुलाई घृणा गरेर सम्मानित हुन चाहने मेरा येंतोहरु खुट्टा लम्पसार पारेर दायलुङ् ओगटीरहनContinue reading… सिम्मको नाममा नयाँ चिट्ठी २ (इन्द्र नारथुगे)

भर्चुअस मान्छे ! (शिव प्रकाश)

धेरैलाई उस्तै देख्छ थोरैलाई आफू जस्तै आफू धेरै हुन सक्दैन धेरै, थोरै हुन चाहदैन खुम्चिएर बसेको हुन्छ- थोरै, चेतनाको विशाल आयतनमा एउटा मान्छे जस्तै ! उन्नत छ- सफेद झूठको खेती सम्मुन्नति ल्याएको छ – मान्छे जस्ता देखिने धेरै मान्छेको जीवनमा धेरै उ जान्दैन- धेरैले गरेको खेती कर्महिन बसेको छ – एउटा सानो कित्तामा थोरैभित्र एउटाContinue reading… भर्चुअस मान्छे ! (शिव प्रकाश)

मध्यरातमा (देवेन्द्र सुर्केली)

मध्यरातसम्म पनि निन्द्राले छुँदै नछोए पछि म उठेर टुक्रुक्क बस्न पुगेको छु । ठीक अगाडीपट्टिको फाटकमा पव उच्च उच्च स्वरमा घन्किरहेको छ उसलाई पनि मलाई जस्तै पटक्कै निन्द्रा लागेको छैन । निन्द्रा नलागेर नै उ पनि मेरो अगाडि टुसुक्क बस्न पुगेको छ । म प्रष्ट देखिरहेछु मेरा हितैषी एकजना साथी मैले अपलोड गरेको फेसबुकको तस्वीरमाContinue reading… मध्यरातमा (देवेन्द्र सुर्केली)

जिन्दगी (सावित्रा काफ्ले)

अनिदो रात भोका सपनाहरु एक हुल झ्याउकिरीहरु सँगै अभाबको भजन गाउछन् बिबश भएर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। नपोखिएको घामका झुल्काहरु समेट्न खोजेर अन्जुलिमा सप्तरङ्गी सपना खेल्छन बिहानी शितबिन्दुमा र यिनै स्वप्निल आकाशमा उमङगित बनेर हराउन खोज्छन मनहरु कबिताको मैदानमा।। अपुरा यात्राहरु बुनेर ईच्छाका धोक्रोहरु सुस्केरा हाल्छन हरेक साँझ थकित यात्राहरु बिना उद्देश्य अर्को पाईलाContinue reading… जिन्दगी (सावित्रा काफ्ले)

स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

उठिरहेछन् हातहरु कस्सीएर मुठ्ठीमा आक्रोस वालक देखि वृध्दासम्म र उर्लिरहेछन् अनियन्त्रित खहरे खोला झै स्वतन्त्रताको लागि आवाजहरु वस्ति वस्ति ,गाउँ गाउँ गाउवस्तिवाट शहरतिर वढ्दैछन् ,सर्दैछन् क्रमश आवाजका भेलवाडीहरु जहा असंख्यौ निरीहहरुको आवाज कुल्चेर गुड्नेहरु गुडिरहेछन् आयातित गाडीहरु माथि घुम्नेहरु घुमिरहेछन् आरामदायी कुर्सीहरु माथि उड्नेहरु उडिरहेछन् रमिता हेर्दै हाम्रै शीर माथि तर आवाजहरुको स्वतन्त्र वेग लिएरContinue reading… स्वतन्त्रताको लागि आवाजहरु (टंक सम्वाहाम्फे)

आत्महत्याको पत्र (समदर्शी काइँला)

आफ्नो भएभरको जायजेथा आँशु पसिना र अन्तर्वेदनाको खिचि्रमिच्री बोकेर बेचबिखन गर्न र जिजीविषाको चारो जोहो गर्न बहुरङ्ग सपनाको हाटमा जादा पिन सुक्रीबिक्री फरिफार्छे नभएर यो नियाँस्रो आइतबार समसाँझ म मरुभूमिको लामो पच्याङबाटो हिडेर एक फोक्टा अन्तरीपको डीलमा उभिएको छु। र चिद्वैषम्यताले एकोहोरो सोचिरहेछु जीवन फगत काकाकूलको तिर्खैतिर्खा जीवन फगत मृगमरीचिकाको गिर्खैगिर्खा। मेरो म को अस्तित्वContinue reading… आत्महत्याको पत्र (समदर्शी काइँला)

विवाहित कविता (विक्रम सुब्बा)

कविको आँशु  र रगतबाट नयाँ कविता जन्मिई जमानाको खहरेमा उ हुर्की, बढी र जवान भई जवान कवितालाई आफ्नै छातीमा छाप्न अतृप्त सम्पादकहरू आतुर भए जवान कवितालाई आघउँन्जेल दिमागले चाट्न लाठे पाठकहरू पत्रिका पसलहरूमा तैनाथ भए छिप्पट समालोचकहरू तत्पर भए जवान कविताका अंगअंगको रस-चर्चा गर्न यतिकैमा, जवानीले ठीक उद्देश्य भेटेझैँ एकदिन कविताको बिहे भयो र, उContinue reading… विवाहित कविता (विक्रम सुब्बा)