एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

एउटा सत्य लुकाउनलाई, सयौ झुटा बोल्नु परयो चोखो माया बिर्षनलाई, सयौ चोटि मर्नुपरयो के थाह निष्ठूरी तिमीलाई, एक्लै बाँच्न कति गाह्रो भयो २ सपना सारा टुटिगए, तिमीले छोडि दिदा संसार सुन्य लागि रह्यो तिमी पराई हुदा भन्नु अब के नै छर, बैगुनी माया लाउनेलाई सुम्पिएको छु मेरो जीबन मात्र तिमीलाई सयौ चोट पाए मैले, तिम्रोContinue reading… एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)

विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

इज्जत त गीत गाएर पाउनु भो विश्वास त कसम, खाएर पाउनु भो भन्नुहुन्छ गर्छु गर्छु, तर, गर्नु नै हुन्न माया त केवल माया, लाएर पाउनु भो दुनियाँमै नभएको नौलो, कुरा भन्नुहुन्छ मनको सन्तोष मेरै सामु, आएर पाउनु भो सुरू–सुरू नौलो जस्तो, चीज सम्झेँ मैले मात्र दुःख भेट्न भनी, धाएर पाउनु भो सुख सयल ऐस आराम,Continue reading… विश्वास त कसम, खाएर पाउनु भो (रुद्र बहादुर श्रीस)

चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

चोट मात्रै दिँदा पनि तिमी मन पर्छ किन ? आँसु झार्न हुन्न भन्थेँ आज आफै झर्छ किन ? भुल्न खोज्छु तिमीलाइ छाँया बनी पछ्याउछौ टाढा जान्छु भन्छौ फेरी किन मेरो यादमा आउछौ ? पराइ सोच्दा पनि मुटु तिमी माथी मर्छ किन ? चोट मात्रै दिन्छौ तिमी तर मन पर्छ किन ? तिम्रो तन मन अबContinue reading… चोट मात्रै दिँदा पनि (कुमार श्रेष्ठ ‘यात्री’)

बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

एउटा सीमाहिन आकाश शायद शून्य सिवाय केही छैन, यही सीमाहिन शून्यतामा नै आ-आफ्नै शक्तिशाली अस्तिव बोकेर तैरिरहेछन घाम, जुन, ताराहरु अनि पृथ्वी झैं अनगिन्ती ग्रहहरु ! यहिँ शून्यमा तैरिरहने भूगोलमा आ-आफ्नै स-सानो अस्तित्व बोकेर कोलाहलमय महासागरमा सल्बलाउँदै प्यासी खहरे झै जिजीविषा र महत्वाकांक्षा बोकेर मान्छेहरु बगिरहेछन कुनै अदृष्य किनारा पच्छ्याउँदै ! समयसगँ हिडिरहने यात्रा होContinue reading… बाटो जस्ता हुँदैनन मान्छेहरु (मुकेश राई)

प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित, सके बरु माग्नु हिसाव देशै लुटी खानेसित, कहिले आउंछौ नसोध्नु भो, प्रवासमा जानेसित . वेथितिको बाङ्गो यात्रा हिंड्दाहिंड्दै थाकेपछि, च्यापिएर, भत्किएर भित्र-भित्रै पाकेपछि, माटो छोडी हिंडे पनि माया बोकी गा’को रैुछ, छामी हेरें मुटुभित्र गहिरै चोट ला’को रैुछ . निष्ठुरी यो नठान्नु भो, मनमा माया लानेसित, सके बरु माग्नुContinue reading… प्रवासमा जानेसित (ऋषि बस्ताकोटी)

निलो छत्रछाँया मुनि (सूर्यविक्रम याक्खा)

(कबिता) बैशले रङिएको दिवा सपनाहरू निर्लज मरुभुमिमा त्रहिम – त्रहिम काकाकुल जस्तै प्यासी बनेर । बियोगको आस्थामा निश्चल मायाको पोका पतुराहरू , एउटा डयास भित्र बाची रहेछ । बैइमानीको समयले , बैइमानीको बाध्यताले , बहकाएर , चुडालिएको चङ्गा जस्तै , सातकोश टाढा – टाढा पुरयाएको छ । नाता रगतले जोडिएको सम्बन्ध फरक भए पछि ,Continue reading… निलो छत्रछाँया मुनि (सूर्यविक्रम याक्खा)

गोविन्द वर्तमान र म (जेठा बैरागी)

बेबर बाट विचारका छहरा झरिरहेकाछन् मैले नवबुद्धबाट हेरिरहेथेँ म एउटा लडाकु हर्ष बोकेर अस्त्रसँग रमाइरहथेँ एक्कासी मेरोकानमा मयूरहरूले गाना सुनाए तिम्रो वर्तमान छैनन् म झस्किएँ शोक बज्रियो शोक माथि शोकले ग्रस्त म लप्सीको बूढो रूखमा टाउको बजारेर ढलेँ छहरा झरिरहे आँखाबाट घट्टे कुलोझैँ डाँडा कठेरीका भट्टराई बाजेका आँगनमा थुचुक्क बसेँ चातक, सुगा कोइलीहरू मसँग रोइरहेContinue reading… गोविन्द वर्तमान र म (जेठा बैरागी)