मुख (नम्रता गुरागाईं)

आंखाले धेरै पर देख्न सक्छ
कानले धेरै कुरा सुन्न सक्छ
मन त संसारै बोक्ने जात
तर विचरा मुख
न सुनेका कुरा सबै बताउन सक्छ
न देखेका कुरा शब्दमा सबै अटाउन सक्छ ।

सधै फिल्टर भएर बोलिनु पर्ने
सधै फिल्टर भएर पोखिनु पर्ने
बोलेकै शब्दहरु बिझाउने डरले
नाकी लाएर डोरी तानेको गोरुजस्तो
महला बांधेर बालीमा छोडिएको गाइजस्तो
औपचारिकताको दाम्लो कहिल्यै चुडाउन नसक्ने
पखेटा हालेर उडने मनको दुखेसो कहिल्यै पोख्न नसक्ने
शब्दहरुको जालमा पसेर
सधैंभरी रुपान्तरीत भएर निस्कनु पर्ने
नियती बोकेर सधैभरी बांचिरहेको छ मुख ।

– मोरंग
हाल अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *