विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती

(२९ असार २०७७)
विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाले अनलाइन कार्यक्रम मार्फत भानु जयन्ती मनाएको छ । नेपाल शाखाको आयोजनामा भएको भानु जयन्तीको औपचारिक कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ ले आदिकवि भानुभक्तको जीवनको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ उपाध्यक्ष केसु पोख्रेल खनाल, कोषाध्यक्ष बसु श्रेष्ठ, सचिव सञ्जाल शर्मा, सदस्य ढुण्डीराज ढकाललगायतले कविता, गजल र मुक्तक वाचन गर्नु भएको थियो । कार्यक्रम नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमलाई कोषाध्यक्ष बसु श्रेष्ठले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा अम्बिका अनमोल, नविन अनुपम रावत, रमेश कंडेल, सहसचिव दिपा नेपाल पराजुलीलगायतको उपस्थिति रहेको थियो । आज साहित्यसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले भानुभक्त आचार्यको २०७ औं जन्म जयन्ती मनाइरहेका छन् ।