साहित्य महासङ्घ द.कोरियाको सिर्जना वाचन सम्पन्न

गत २० मे २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण कोरिया शाखाले एक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

सुवनको नारायणी प्यालेसमा सम्पन्न भेला तथा सिर्जना वाचन कार्यक्रममा कवि तथा गीतकार सुस्मिता राई, तारा नारायण राजभण्डारी, सन्जिव भण्डारी, गीतकार सुनिल दिप्त राई अतिथि रहनु भएको थियो भने शुक्र खिम्बुले राई, पुष्प गुरागाँई, आर एन ह्यारी वोन्ट, समिर यात्री, शुशिल आचार्य, नविन भण्डारी, रेशम अधिकारी लगायतका एक दर्जन स्रष्टाहरुले सिर्जना वाचन गरेका थिए ।

साहित्य महासङ्घ गठन पछिको पहिलो कार्यक्रम भएपनि यस शाखाले अनलाईन पेजमा मन्थ अफ द सेलिब्रेटी प्रतियोगिता गर्दै आएको जानकारी दिदै सहभागि तथा सहयोगी सबैलाई अध्यक्ष चन्द्र लामा अनुरागले धन्यवाद ज्ञापन गर्नुभयो । डिपी खकुरेलको स्वागत मन्तब्य र अत्रस्त यात्री समिपले कार्यक्रम संचालन गर्नुभएको थियो ।