साहित्य महासंघको सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको आर्थिक तथा नैतिक सहयोगमा खोटाङमा कविता प्रतियोगिता सम्पन्न भएको छ ।

स्पर्शन साहित्यिक मन्च सिम्पानी खोटाङको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा कवि जीवन चाम्लिङ प्रथम, स्वर्गिय सुमन द्वितिय र अमृत गिरी अश्रु तृतिय भएको खोटाङबाट प्राप्त समाचारमा जनाईएको छ ।

स्पर्शन साहित्यिक मन्च सिम्पानी, खोटाङका अध्यक्ष कृष्ण श्रीको सभापतित्वमा सम्पन्न भएको सो प्रतियोगितामा खोटाङ, उदयपुर लगायतका डेढ दर्जन कवि कवयत्रीहरुको सहभागिता रहेको थियो । जिल्ला विकास समिति खोटाङका पूर्व सभापति एवं शिक्षा सेवी पर्शुराम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो प्रतियोगितामा कृष्ण घिमिरे, कवि गोपाल खतिवडा र कवयत्री आस्था कोपिला निर्णायक रहनु भएको थियो ।

प्रतियोगितामा प्रथम, द्वतिय र तृतिय हुनेहरुलाई नगद पुरस्कार, प्रमाण पत्र र मेडल प्रदान गरिएको विश्व नेपाली साहित्य महासंघका सचिव एवं प्रतियोगिताको संयोजक इन्द्र नारथुङेले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *