श्रृङ्गार रस (हरि पौडेल)

घटा झैँ त्यो केश
लटा झैँ त्यो चुल्ठो
प्रितीको मन्दिरमा
पुजारी भएछु।
hari poudel
त्यो रसिलो अधरमा
अनि नशालु नजरमा
बन्दि भएको
शिकारै भएछु।

लचिला ती हात
अँगालोको साथ
सपनामा डुब्दै
म उनकै भएछु।

पर्वत झैँ छाती
छुने आकाशमाथि
धडकँदो मुटु को
गहराईमा झरेछु।

गहिरो त्यो नाभि
कुनै कुँवाको भाँती
प्यासो बटुवा झैँ
चुर्लुम्म डुबेछु।

धनुष झैँ त्यो कम्मर
छोडी सबै आडम्बर
सहर्ष लुटाई
भिखारी भएछु।

अति सुघ्घर ती पाउ
कसो उनलाई रिझाउँ
नजर नै नजरले
मैले स्वयम्बर गरेछु।

श्रृङ्गार रस कै कथा हो
यो मन को व्यथा भो
सपना खुलेछि
म एक्लै भएछु।

– नेदरलैंड

Leave a Reply

Your email address will not be published. Required fields are marked *