एउटा सत्य लुकाउनलाई (सन्देश नेम्बाङ)


एउटा सत्य लुकाउनलाई, सयौ झुटा बोल्नु परयो
चोखो माया बिर्षनलाई, सयौ चोटि मर्नुपरयो
के थाह निष्ठूरी तिमीलाई, एक्लै बाँच्न कति गाह्रो भयो २

सपना सारा टुटिगए, तिमीले छोडि दिदा
संसार सुन्य लागि रह्यो तिमी पराई हुदा
भन्नु अब के नै छर, बैगुनी माया लाउनेलाई
सुम्पिएको छु मेरो जीबन मात्र तिमीलाई

सयौ चोट पाए मैले, तिम्रो पछि लाग्दा
मन रोयो आँसु झर्यो ठेस तिमले दिदा
बाँकी छ यहि प्राण अब लैजाउ तिमी संगै
बाँच्नु छैन तिमी विना, पलपलमा मर्दै
एउटा सत्य लुकाउनलाई ….

– ब्रुनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *