कल्पनाको बास (खेम साम्पाङ्ग एकतप्पे)

कविता

एकबारको कल्पना गरेर
नियालिरहेछु संसारलाई
अनि म कल्पनाको बास खोज्दै
भौतारिरहेछु आफै
तर कहिल्यै बास पाएन निद्राले
काल्पनिक बास
निद्रामै बसिरहेछु
त्यसैबेला घेर्छ मलाई
विप्लवको धुवाँले
चारैतिरबाट ।
ती सुगन्धित धुवाँ आज
२१ औं शताब्दीले गर्दा
दुर्गन्धित भएछ
कताकता असजिलो भयो मलाई
संसार मसँग नमिलेको हो कि !
म संसारसँग …
खै ! पत्तै भएन मलाई ।
उघि्रएको सुनसान रातसँगै
काल्पनिक निद्रा सुतिरहेछु
सुतौं भन्दै पटकपटक
चुम्बन गर्छु बासलाई
तर उसले पटक्कै मानेन
मलाई काँचो निद्रासँगै
त्यो रुमलिएको धुवाँले हो कि !
ग्वाङडोङको सास्रले
घाँटी चिमोटिइरहेछ आज
अनि त्यो
एटम मिसायल र क्षेप्यास्त्रहरु
खबरदार ! भन्दै
मतिरै हेरिरहेछ
खै ! के देखिरहेछु यो
कुनै बेला त
धिक्कार लाग्छ
ती वैज्ञानिक खप्परहरु
कसरी नियालौं खै !
यो संसारलाई अब
मेरो उड्ने पखेटाहरु
वर्डफ्लूले डडाइरहेछ
र बचेरा गुँडहरु
भोक खाएर अघाइरहेछन्
त्यसै-त्यसै ……
अनि म सुनिरहेछु आज
हिरोशिमा थर्किरहेछ रे !
नागाशाकी गनाइरहेछ अरे !
यस्तैयस्तै अन्य थुप्रै
भोगिरहेछु आज
खै ! के दियो के
२१ औं शताब्दीले यो ।
त्यसैले आज
म तेस्रो संसारलाई
काल्पनिक बास मागिरहेछु
जहाँ स्वणिम उत्कस्रसँगै
वास्तविक जिन्दगीभन्दा
फरक जीवन बाँचिइरहेको हुनेछु ।

-एकतप्पा-१, इलाम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *