साहित्य महासंघले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने

ब्रुनाई, ३ अप्रिल ११, विश्व नेपाली साहित्य महासंघको केन्द्रिय सचिवालयको बैठकले विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गर्ने निर्णय गर्यो ।

गत केन्द्रिय समितिको तेस्रो बैठकले कुनैएक विश्वब्यापी साहित्यिक प्रतियोगिता गर्ने निर्णय गरे बमोजिम सबैको राय, सल्लाह पछि सचिवालयले कविता प्रतियोगिता गर्ने निर्णय गरेको हो । नेपालको मेचि देखि महाकाली र विश्वभर छरिएर रहेका समस्त साहित्यिक स्रष्टा र साहित्यिक संघसगठनहरुलाई समेट्ने गरि विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता गरिने भएको छ ।

प्रतियोगिताको कार्यक्रम नयाँबर्ष बैशाक १ गते देखि शुरु भएर भानु जयन्ति अर्थात महासंघ स्थापनाको दिन उत्कृष्ट कवीहरुको घोषणा गरिने भएको छ । प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद २० हजार १० हजार र ५ हजार नगद रुपैया र प्रमाण-पत्र प्रदान गरिने छ साथै उकृष्ट दशौं स्थान सम्म हासिल गर्नेलाई सान्तावना स्वरुप प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा विभिन्न मातृभाषाको कविताहरुलाई पनि अतिथिको रुपमा सहभागि गराइनेछ । एकै मातृभाषाको ७ वटा भन्दा बढि कविता प्राप्त भएमा त्यसको पनि मूल्यागकन गरि पुरस्कृत गर्ने निर्णय भएको छ ।

कविता अप्रकाशित मौलिक र बढिमा २ यस शब्दको कुनैपनि शिर्षकको हुनु पर्नेछ । सहभागिले आफ्नै आवाजमा रेकर्ड गरेर महासंघको इमेलमा पठाउनु पर्नेछ । आफै रेकर्ड गर्न प्राविधिक ज्ञान, क्षमता वा समयअनुकुल नभएकाहरुको लागि आयोजकले नै स्काइपी वा शिधै फोन सम्पर्क गरेर रेकर्ड गरिनेछ । सहभागिताको लागि प्राप्त सम्पूर्ण गजलहरु महासंघको वेवसाइटमा सुन्नको लागि उपलब्ध हुनेछन् ।

साहित्य महासंघ केन्द्रिय समिति आयोजक रहेको यस प्रतियोगिताको लागि सह-आयोजकको रुपमा प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई /वेलायत र अन्तर्राष्टिय नेपाली साहित्य समाज, युएइ च्याप्टर रहेको छ । इच्छुक ब्यक्ति तथा संघसंस्थालाई प्रायोजकको रुपमा रहिदिन पनि आग्रह गरिएको छ ।

स्मरण रहोस गत बर्ष महासंघ सम्बद्ध प्रवासी नेपाली साहित्य समाजले विश्वब्यापी गजल प्रतियोगिता सम्पन्न गरेको थियो भने उक्त प्रतियोगितामा १ सय ७७ वटा अडियो गजलहरुको सहभागिता थियो र यस पटक पनि साहित्य समाजकै प्राविधिक सहयोगमा यो कार्यक्रम सम्पन्ने हुने भएको छ ।

नेपाली साहित्यको श्रीबृद्धिको लागि आयोजित यस कार्यक्रमलाई सफल बनाउनको लागि पत्रकार, मिडिया हाउस, साहित्यकार, शुभचिन्तक लगायत सबैलाई सहयोगको लागि महासंघ हार्दिक अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *