(कविता)
कमरेड प्रचण्ड !
१२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगे
भागेर आएको होइन म फर्काइएको हुँ
अयोग्य जाँचेर फालिएको हुँ
म गोविन्द राई अर्थात् गोविन्देु
कमरेड ‘शिखर’ भएर
आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि
मुक्तिका लागि होमिएको थिएँ युद्धमा
मैले न माक्स्र सुनेको थिएँ
न माओ चिनेको थिएँ
न चिनियाँ क्रान्तिको कथा नै जान्दथेँ
न जान्दथेँ पेरिस कम्युनको गाथा नै
केवल आफ्ना जिन्दगीका दुःखसँग परिचित थिएँ म
आमाका पट्पटी फुटेका पाइतालाका साक्षी थिएँ
र औषधी नपाएर दमले थलिएका बाका पीडा राम्ररी जान्दथेँ
थिएन कुनै आक्रोश यो राज्यसत्ता सँग
थिएन कुनै प्रतिशोध वर्गशत्रु सँग
कानुनका कुनै धारा सँग असहमति पनि थिएन मेरो
केवल आक्रोश थियो सिमल पाखाको साहुजी सँग
जो ऋण तिर्न नसकेकोमा मेरा बा लाई अपमान गरिरहन्थ्यो
प्रतिशोध त आफ्नै नीरिहता सँग थियो
जसले मलाई एक पल पनि हाँस्न दिएको थिएन
असहमति थियो त ब्याजको स्याज बनाएर हाम्रो झुपडी उखेल्ने
उही सिमल पाखाको साहुजी सँग
हो, कमरेड
जिन्दगीका यिनै बाध्यताले अत्तालिएर
म गोविन्दे
कमरेड ‘शिखर’ भएर
जनयुद्धमा हेलिएको थिएँ
कमरेड शिखर पछि पुनः म गोविन्दे मात्रै भएर
२०६७ भाद्र १३ गते ९ बर्ष ३ महिना १० दिन पछि
रित्तो हात घर फर्किएको छु
म सँग गाउँलेलाई सुनाउन उत्साहको कुनै समाचार छैन
न आमाका लागि छ केही कोसेली
आईपुगेको छु निधारमा अयोग्युको पहिचान बोकेर
मेरी आमाका दुःख ज्युँका त्युँ रहेछन्
दमले थलिएका बा बितेछन्
तर सिमल पाखाको साहुजीको शान भने आज पनि उस्तै रहेछ
मेलै ९ बर्ष ३ महिना १० दिन लडेर
बस् अयोग्यको प्रमाण-पत्र पाएको छु
र मेरी निर्दोष आमा अयोग्यकी आमा भएकी छिन्
गाउँभरि अयोग्य गोविन्दे फर्किएको हल्ला छ
यही अयोग्य हुनुको अपमानले जलिरहेको छु म
यही बदनामले मरणासन्न छु
कमरेड तपाई प्रचण्डबाट पुष्पकमल बन्नुभएको छ
तपाईका सपना र चाहना फेरिएका छन्
तपाईंका सँगत र सम्बन्ध फेरिएका छन्
तपाईंका आवश्यकता बदलिएका छन्
तर मेरा आवश्यकता उही छन्
मारिएका छन् मेरा सारा सपना
यसबेला म अन्योलमा छु
मेरो ९ बर्ष ३ महिना १० दिन
र हत्या गरिएका सपनाका
हिसाब किताब
म को सँग मागूँ
यो राज्यसत्ता सँग कि
तपाइ सँग ?
भाई एत्तिकलिलो एत्तिसुन्दर अनुहारमा मेरै जिल्लाको भाईले। जीवनको काठोर भोगाइ पछी यत्तिसुन्दर श्रीजनाको श्रषस्ठा हुनुभयो तपाईंको यो लेख सँग वस्तुगत यथार्थता छ । र नै यो कवितामा शक्तिछ । धन्नेबात् यो कविता प्रचन्ड मात्र होइन त्याँहाभएका सबै श्रीसस्तहँउ भन्ने नेताहरुलाई यो कविता कुनैन कुनै पारीकार्ले पढ्ने मौकादिनु पर्छ । धन्नेबाट भाई कसैले इनसल्ट गर्यो होला तर म शम्मान गर्छु
Bhai gobinda, ramro chha kabita . k garne jindagi yestae ho hasi khusi rahanus jindagika harek pal sanga samjauta ani sangharsa gardae rahanu parcha samaye balban cha bhai young hunuhuncha himmat harnu hudaena sahas linus sadae agibadnus pragatiko kamana bhai.
bhai gobinda yestai ho hamilai prayog garera, uni haru mathi janchhan, hami nirdha haru yesri nai basnu badhyata hunchha?aaba yehi bat hami le part siknu parchha?
सलाम तिमीलाई
एउटा गोविन्दे बाट कमरेड शिखर भएछौ
देश र जनताको लागी लड्न गएछौ
नेपाली जनताको मुक्तिको लागी
तिमीले दिएको योगदानलाई सलाम
कमरेड शिखर तिमीलाई सलाम
कमसे कम माक्स्रका कुरा सुन्यौ
माओलाई चिन्ने अवसर पायौ
पेरिस कम्युनको गाथा गायौ
चिनियां क्रान्तिको कथा कण्ठाग्र भयो
नेपाली क्रान्तिको इतिहास रचियो
तिमी र तिमी जस्ता कमरेडहरुलाई सलाम
तर आज मलाई दुखेको छ
हिजो तिमीले गरेको क्रान्ति
आज नेताले गरेको मोज मस्ती
मेरा नशा नशामा दुखेको छ
हिजो ज्यान बाजी लगाएर लड्दाका योग्य
हजारौ शिखरहरु आज अयोग्य
यो अयोग्य शब्दले
मेरो पुरै मन मस्तिष्क दुखेको छ
मेरो भाइको खुट्टामा रहेका
दुईवटा गोलीहरु दुखेको छ
उसको अपाङ्कता दुखेको छ
जब म उसलाई हेर्छु
उसको अनुहार दुखेको छ
अझ धेरै त
देशमा भएको अशान्ति र
बन्न नसकेको संविधान दुखेको छ ।
हिजो देश र जनताको लागी
प्राणको आहुती दिन तयार भएको मान्छे
आज खाली हात घर फर्कनुको पीडा
दमका रोगी बाबाको मुख हेर्न नपाउनुको पीडा
अनि आज अयोग्यको सूचीमा पर्नुको पीडा
यसले मलाई पनि कम पीडा भएको छैन
चिन्ता नगर कमरेड शिखर
एक दिन यी स्वार्थी नेताहरुलाई दुख्नेछ
सिमलपाखाका साहुलाई दुख्नेछ
एक लाखको बेडमा सुत्नेहरुलाई दुख्नेछ
शिखर र शिखर जस्ता सयौ युवाहरुलाई
अयोग्यको विल्ला भिराउने
असक्षमहरुलाई दुख्नेछ
त्यो दिन धेरै टाढा छैन
धैर्य गर
एक दिन त्यो चहराईरहेको घाउमा
मल्हम पट्टी लाग्नेछ
तिमीले सहेका छौ
सहनशिलता नै महानता रहेछ
तिम्रो सहनशिलतालाई सलाम ।
ramro lagyo sirko kabita….
hara govinda ge , yaha sabi yastai 6an na prachanda na aru .aba nepal yastai yastai ko sansar hun6a .aru jo aya pani yahi harayana 6an jastai bp koirala ,madan bhandari,ratna kumar bantwa ,ganesh man ,tasai la yo desh sanga prashna na soda ma ta prachand sangai ,
यथार्थ जस्तो लाग्ने – कविता हो की यो ? कविता जस्तो लाग्ने – यथार्थ । दुवैमा यो बेजोड छ ।
गोविन्द जी, केही चिन्ता लिनु पर्दैन । तपाईको हिम्मत र साहसलाई हामी सञ्चा नेपालीले कदर गर्ने नै छौं, र गरि रहेको पनि छौं । यस्तै हुन्छ यहा हामीलाई हाम्रो जीवनको ग्यारेन्टी छैन । जे होस तपाई जस्ता क्रान्तीकारीहरुले गर्दौ नै नेपाली छोरी राष्ट्रपति वनेको छ । ठुला ठुला महलमा वस्नेहरुले पनि एक पेट भात खाएकी छैन । र हामी जस्तो झुप्रोमा वस्नेहरुले पनि एक पेट खाएकै छैं । उनीहरुले मिठो खाए पनि फाल्ने एकै ठाउमा हो र पछि जाने पनि एकै ठाउमा हो । जसले जिवनमा सहि तरिकाले जीउन सिक्छ त्यो मात्र सुखी हुन्छ । त्यस कारण हामी भित्र भएको क्रान्तिकारी भावनालाई सानो वनाउनु हुदैन । मानिस सवैका आफ्नै व्यवहारिक कठिनाई र समस्याहरु हुन्छन् । ति समस्यालाई हामीले चिन्नु पर्दछ । हेरश खानु हुदैन । हामी जस्ता विर नेपाली वहादुरको छोराले मनमा पिर लिनु हुदैन । जहिले पनि तयार हुनपर्दछ हाम्रो अस्तित्व र राष्ट्रियताका लागि ।
त्यसैले म भन्छु सम्वन्ध वढाउदैं जानुहोस सवै तपाईकै हुनेछ ।
sab lae
Thanks
rajesh rai
so nice keep it.
Hi Comrade!
Rajesh Rai or Govinda Bhai!
I am confused
If you were a Com.Shikhar.
I don’t know
Whether You are a disqualifed
Or You have been sent to home.
It’s the prospect of reactionaries.
It’s the attempt to make mirage
That people’s war was on vain.
People’s liberation army PLA is nothing
It’s just the tail of monkey
Or it cannot further toil to fight
Ot it cannot further boil there blood
Ot it cannot further wade the people’s revolt
As peace and process cannot be accomplished.
What type of peace and constitution
We are drafting for people.
Where there is not any gurantee of their rights
Where there is no equal rights for gender
Where there is no any address of nationalites, madhesis, dalits, muslims, deprived and marginalized people
So, through the people’s prospect
You are the right one
To ignite the spark to become Spartacus
And to finilise the new peoples power.
Never be upset
As You have to set
The actual new Nepal
Where there won’t be local landlord’s oppression
Where there won’t be your mother’s tear
Where there won’t be your father’s insult and fear
Who says are you Gobinde ?
You are not Gobinde
Or your name will be absued
You are a Hero Govinda
And have to be
in the people real life not in reel life.
In fact,In the real mundane world
Where there is possible
and the world to win for the have–nots.
You have to hoist the red flag
On the top of Mount Everest
So never feel rest
Nor in the plotted nest
As You are path is not blocked
As it is not locked
If so, last option is to be knocked
Everones kitchen ought to make fire
Everone street urchins ought to have bed and cloth
Every humans ought to have shelter
Everone has to have cheerful cheeks.