मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ
बेदनाले तिमीलाई नै लुटे पछि थाहा हुन्छ
नखोजेको हैन मैले सम्झाउन धेरै धेरै
पानी माथि ओभानो भइ, गल्ति देख्यौ सधैँ मेरै
पर्ख तिम्लाई असिनाले चुटे पछि थाहा हुन्छ
मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ
थाक्नु थाके प्रयास मेरा तिम्रै खुशी गर अब
छोडी जाने निस्ठूरीको के नै छ र भर अब
बेहोसीमै बर्बरायौ उठे पछि थाहा हुन्छ
मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ
hi uma
i like your kabita
it’s easy,sweet and my type of kabita.keep it up
best of luck
sanu
उमा दिदी किन यस्तो लेख कसरी लखन सक्नु भयो ? कतै…………