विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ ।

साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो ।

शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्र पकवान क्षेत्रि र ओम शर्मा सल्लाहकारमा चयन हुनु भएको छ ।

महासंघका केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने शाखाको तर्फबाट केन्द्रिय प्रतिनिधि रहनुभएको छ । समितिको थप पदाधिकारीहरु पछि थप गरिने जनाइएको छ । लुभेनमा रहेको एभरेष्ट वेष्टक्याम रेष्टुरेण्टमा सम्पन्न उक्त भेलाका सहभागिहरुलाई प्रोपाइटर अनन्त गुरुङले खानपीनको सौजन्य गर्नु भएको थियो ।

रसिया, अमेरिका, वेलायत, मलेशिया, साउदी अरेबिया र नेपालमा यस महासंघको शाखा निर्माण भईसकेको छ भने बेल्जियम शाखा महासंघको नवौ शाखा बनेको छ । विश्वभरका विभिन्न मुलुकहरुमा यस साहित्य महासंघ तीब्र गतिमा विस्तार हुदै गएको छ । नव गठित समितिलाई हार्दिक बधाई ।

2 thoughts on “विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

  1. I ACTUALLY was very pleased to find this web-site.I want to to thanks for your effort with this excellent read!! I ACTUALLY positively taking advantage of every little it and I have you saved as a favorite to check out latest thing you post.

  2. I have really enjoyied reading your well written article. It looks like you spend a lot of effort and time on your blog. I have bookmarked it and I am looking forward to reading new articles. Keep up the good work!

Leave a Reply

Your email address will not be published. Required fields are marked *