Nepal

साहित्य महासंघ नेपाल शाखा गठन

गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ ।

विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिक सचिव राजेश्वर कार्की,

सह आर्थिक सचिव यसोदा अधिकारी र सदस्यहरु क्रमश रन्जन खत्रि, कृष्ण सर्वहारी चौधरी, लेखनाथ काफ्ले डा. लक्ष्मण गौतम, विमला राई केयरलेस, दिवा चेम्जोङ रहनु भएको छ ।

त्यस्तैगरि राष्ट्रिय परिषद सदस्यहरु क्रमश गणेश राई, बैरागी जेठा, पदम राई केदार शर्मा पोखरेल, सनमान चेम्जोङ, तारा थुलुङ, बलिराज खम्बु, पुरन्जन राई, थर्कदीप तिगेला रहनु भएको छ ।

कार्यक्रमको सभापतित्व महासंघ केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले गर्नु भएको थियो भने साहित्य महासंघको सम्बन्धमा केन्द्रिय महासचिव विश्वासदीप तिगेलाले बोल्नु भएको थियो । प्राज्ञ अमर तुम्याहाँङ मोमिला जोशि लगायतले पनि आआफ्नो विचार ब्यक्त गर्नु भएको थियो । महासंघ केन्द्रिय समितिको आयोजना रहेको उक्त कार्यक्रमलाई केन्द्रिय सदस्य देवेन्द्र सुर्केलीले संचालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *