प्रेस विज्ञप्ति ९, स्पेन शाखा निर्माण भएकोमा बधाई तथा शुभकामना

(स्पेन शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना)

नेपाली साहित्यको श्रीबृद्धिको निमित्त स्थापना भएको यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि सहकार्य गर्न गत २४ अक्टोबर २०१० का दिन स्पेनको बासर्िलोनामा साहित्यकारहरुको एक भेलाद्धारा साहित्य महासङ्घ स्पेन शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । साथै यो शाखा महासङ्घको दशौ शाखा बनेको जानकारी गराउदछौ ।

स्पेन शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागि काम गर्ने आस राख्दछौ । यस शाखा केन्द्र र विश्वभरका अन्य शाखाहरु बीच नियमित सम्पर्क हुनुपर्ने भएकोले स्थायी र सजिलो सम्पर्क ठेगाना तुरुन्त उपलब्ध गराउन स्पेन शाखालाई आग्रह गर्दछौ । नियमित सम्पर्कको लागि महासङ्घको आधिकारिक वेव साइट धधध।नालि।यचन हेर्न अनुरोध गर्दछौ ।

अन्तमा साहित्य महासङ्घ स्पेन शाखाको भविश्य उज्वल बनोस फलदायी बनोस भन्ने शुभकामना ब्यक्त गर्दछौ ।

डा. मधु माधुर्य, रसिया
के. अध्यक्ष

विश्वास दीप तिगेला, ब्रुनाई
के. महासचिव
GFNL_PressRelease_Spain

Leave a Reply

Your email address will not be published. Required fields are marked *