तिमी नै आमा (गोविन्दसिंह रावत)

मलाई धरतीमा तिमीले नै ल्यायौं
मलाई आकास तिमीले नै चिन्हायौंGovindasing rawat
मलाई म हुनुको अर्थबोध गराई
ईश्वरको अस्तित्व तिमीले नै देखायौं
मायाको परिभाषा तिमीले सिकायौं
हिड्न–बोल्न–पढ्न
खान–बस्न–सुत्न सिकाउने
मलाई कखरा चिन्हाउने पहिलो गुरु,
तिमीनै पहिलो बिद्यालय
मलाई ईश्वर चिन्हाउने
तिमीनै पहिलो देवालय
मेरो ईश्वर तिमी मेरो माया तिमी
तिमीनै गुरु तिमीनै मालिक तिमीनै विधाता
श्रृष्टीको महान उपहार हामीलाई तिमी नै हो माता
अरु के नै छन् र यस धरतीमा निस्वार्थ सेवा गर्ने
तिमी नै आमा – तिमी नै हो माता
आमा तिमी नै

– टोरोन्टो

One thought on “तिमी नै आमा (गोविन्दसिंह रावत)

  1. धेरै राम्रो छ दाजु तिमी नै हौ महान आमा ।

Leave a Reply to gobinda pun Cancel reply

Your email address will not be published. Required fields are marked *