विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध गरिएको छ ।
आगमी लक्ष्मी जयन्ती पश्च्यात प्रत्येक महिना २५ ओटा प्रश्नहरु सोधीने र उत्कृष्ट अंक ल्याउनेलाई क्युज मास्टर आफ द मन्थ घोषणा गरी रु १००१ र प्रशंसा पत्रद्वारा सम्मान गर्ने साथै ३ चोटी लगातार क्युज मास्टर आफ द मन्थ भएमा क्युज मास्टर आफ द एयर घोषणा गरी रु ५००१ र प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएको छ । कोहि पनि ब्यक्ति वा संघ संगठनले प्रायोजन गर्न चाहेमा प्रत्येक अंकमा प्रयोजकहरुको नाम साथै प्रत्येक बर्ष प्रशंसा पत्रद्वारा सम्मान र बर्षको एक चोटी कलेक्शन किताब प्रकाशन गर्ने भएको छ ।
आयोजकहरुः
विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर
I also want to be participated. What i need to do…