महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद

आदरर्णिय सम्पूर्ण पदाधिकारी ज्यूहरु
साहित्यिक अभिवादन
हाम्रो महासंघ स्थापनाको घोषणा भएको लगभग १ महिना पुग्न लागेको छ । नेपाल लगायत संसारभरका नेपालीहरुमा यस महासंघ स्थापनाको समाचारले खुसिको तरङ्ग ल्याएको छ । त्यति नै दायित्वहरु बढ्दै गएको छ । यहा सम्म महासंघलाई ल्याउन प्रत्येक्ष अप्रत्येक्ष योगदान गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।

यहाहरुलाई विदितै छ घोषणा भएको २ महिना भित्र हामीले हाम्रो समितिलाई पुन मिलाइने छ भनि घोषणा मै उल्लेख गरेका थियौ । सहि ब्यक्तिलाई सहि जिम्मेवारी दिने हाम्रो पहल हो साथै रिक्त्त स्थानमा पदपूर्ति पनि गरिनेछ । बाँकी देशहरुबाट प्रतिनिधिहरु खोजिने छ र यो क्रम निरन्तर चलिरहेको छ । हाल हामी १८ मुलुकबाट बढेर २१ मुलुक पुगेका छौ र हिजो हाम्रो सामर्थ्यलाई हेरिरहनु भएकाहरुले पनि घोषणा पश्चात विश्वास गरि चासो देखाउनु भएको छ । अब हामीलाई शसक्त रुपबाट अगाडि बढ्न सजिलो भएको छ ।

हाल सम्म सबैभन्दा महत्वपूर्ण काम सम्पूर्ण पदाधिकारी ज्यूहरुको सम्पर्क आधार तयार गरिसकेका छौ । त्यस्तै गरि संस्थाको लोगो निर्माण गरेका छौ र त्यसमा थप नयाँ विचार आएकोले विचाराधिन अवस्थामा छ । उक्त लोगोको सम्बन्धमा त्यसैलाई वा विकल्प बनाउने बारे छलफल जारी छ । सबैले आआफ्नो विचार दिनुहोला । त्यस्तै गरि प्रस्तावित विधान निर्माणको प्रकृया पनि निरन्तर अघि बढिरहेको छ । तपाई सबैले अध्ययन गरेर अपुगमा थप्न र गल्तिमा सच्चाउनु हुन आग्रह छ । महासंघको वेभसाइट निर्माणको लागि पनि विचार विमर्श शुरु भएको छ यसमा सहभागि हुन आग्रह छ । सजिलोको लागि याहू ग्रुप पनि निर्माण भएको छ । यस याहूग्रुपमा आआफ्नो विचार राख्न सक्नु हुनेछ साथै सबै पदाधिकारीहरुको इमेल संकलन भएको छ र केन्द्रिय समिति र केन्द्रिय पार्षदहरुको बेग्लाबेग्लै समुह बनाइएको छ । सम्पर्क इमेल, फोन नम्बर महासंघको काम बाहेक अन्य वा अरु ब्यक्तिलाई नदिन निर्देशन जारी गरिन्छ ।

शुभेच्छुक शुभचिन्तक लगायत मिडियाहरुबाट तपाईले महासंघको तर्फबाट आआफ्नो क्षेत्रमा गर्नुभएका पहलहरु सुनिन थालेका छन् । शुरुवातको विन्दुबाट प्रारम्भ भएको यो साहित्यिक धर्मको काममा निरन्तर सफलता मिलोस शुभ कामना । तपाईको सकि्रयताकै आधारमा आगामी नेतृत्व बन्नेछ र नेपाली साहित्य समृद्धिको लागि महासंघ जुनसुकै परिस्थितीको सामना गर्न तयार छ । यसर्थ सम्पूर्ण पदाधिकारीलाई निर्धक्कको साथ काम गर्न आग्रह गर्दछौ ।

महासंघ आफ्नो उद्देश्य प्राप्तिको लागि सधै प्रतिबद्ध कटिबद्ध रहेको छ । सामुहिक हितको लागि सामुहिक सकि्रयताको मान्यतालाई पुनः दोहर्याउदै महासंघबाट नेपाली साहित्य आकाशले धेरै आस गरेको छ त्यसैले ती आसहरुलाई पूरा गर्न आआफ्नो ठाँउबाट सक्दो काम निरन्तर गर्दै जाऔ ।

– विनेसाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *