हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपालीContinue reading… नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत
Category: News
विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन
सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाषContinue reading… विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन
नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई
जोहरबारु, १६ अक्टोबर २०१३, साहित्यकार विश्वास दीप तिगेलालाई मलेशियाको जोहारमा बधाई तथा स्वागत गरियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षमा तिगेला भर्खरै निर्वाचित भएका हुन् । जोहरबारु क्षेत्रमा रहेका स्रष्टासर्जक तथा राजनैतिक प्रतिनिधीहरुको उपस्थितीमा पूर्ण तुम्बापोले खदा र टोपी लगाई दिएर अध्यक्ष तिगेलालाई स्वागत गरेका थिए । अतिथि तिगेलाले बर्तमान नेपालको साहित्यContinue reading… नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई
साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना
क्वाललम्पुर, १३ जुलाई २०१३, मलेशियाको राजधानी क्वाललम्पुरमा विश्व नेपाली साहित्य महासङ्घको केन्द्रीय पदाधिकारीहरुको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । मलेशियामा सेवारत साहित्यकार मनि राई गोठाले, जीवन देवान र दीप दर्शन शाही क्रमशः उपाध्यक्ष, आर्थिक सहसचिव र सदस्यमा भर्खरै निर्वाचित हुनुभएको हो । वहाहरुलाई केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाले शपथ ग्रहण गराउनु भएको थियो । दोस्रोContinue reading… साहित्य महासङ्घको दुई दिवसिय कार्यक्रम सम्पन्नः शपथ, सम्मान, विमोचन र सिर्जना
साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान
मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन सकेनौं र संस्थागतContinue reading… साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान
साहित्य महासंघको नयाँ नेतृत्व चयन
ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन
नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना
सूचना विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल) उपाध्यक्षः वेद दाहालContinue reading… नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना
निर्वाचन सम्बन्धि सूचना
सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिवContinue reading… निर्वाचन सम्बन्धि सूचना
साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने
ब्रुनाई, २ मार्च २०१३, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने निर्णय गरयो । निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछContinue reading… साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने
साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न
२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।Continue reading… साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न