वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता
विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १२ अर्थात् मार्च २५ तारिख २०१७ मा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीनवटा सिर्जनालाई रू ३० हजार बराबरको नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिने छ । विजेतालाई आगामी अप्रिलमा काठमाडौंमा एक समारोहबीच पुरस्कृ्त गरिनेछ ।
प्रतियोगितामा कविता, गीत, गजल र मुक्तक समेटिने छन् । आफ्ना सिर्जना वातावरण, पर्यावरण, पृथ्वी, प्रकृति, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलवायु परिवर्तन र तिनको महत्व, संरक्षण, प्रतिकूल असरजस्ता विषयमा केन्द्रित गर्न आयोजकले अनुरोध गरेको छ । मार्च २४ भित्र bryanhitan@hotmail.com मा आफ्ना सिर्जना पठाउन अध्यक्ष हितानले आग्रह गरेका छन् । प्रतियोगिताबाट छानिएका सृजनाहरूको पुस्तक प्रकाशन गर्ने योजना समेत रहेको उनले बताए ।
संसारभर मनाइने अर्थ आवरमा बेलुकी साढे ८ देखि साढे ९ बजेसम्म एक घण्टा बिजुली बत्ति निभाउने चलन छ । वातावरण जोगाउ अभियानमा लाग्ने जोसुकैले यसमा भाग लिन सक्नुहुनेछ ।
प्रतियोगितामा कविता, गीत, गजल र मुक्तक पठाउने ठेगाना: bryanhitan@hotmail.com
.
.
युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन