निर्वाचन सम्बन्धि सूचना

सूचना

gfnlश्री पदाधिकारी तथा सदस्यज्यूहरु
विश्व नेपाली साहित्य महासङ्घ

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ ।

अध्यक्ष
बरिष्ठ उपाध्यक्ष
उपाध्यक्ष (महिला सहित ५ जना)
महासचिव
सचिव
उपसचिव
संगठन सचिव
संचार सचिव
आर्थिक सचिव
आर्थिक सहसचिव
सदस्यहरु (१५जना)

उम्मेदवारी यहि १ देखि ७ जुन २०१३ भित्र निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरि सक्नुपर्नेछ ।

सम्पर्क इमेलः gfnl@outlook.com
वेवसाइटः www.gfnl.org

उम्मेदवार हुनको लागि योग्यताः
– आजीवन वा संरक्षक सदस्य अनिवार्य बनेको हुनुपर्नेछ ।
– साहित्य वा संगीत विधाका कम्तिमा २ कृति हुनुपर्नेछ ।
– केन्द्र वा शाखामा कम्तिमा एक कार्यकाल सेवा गरेको हुनुपर्नेछ ।
– सदस्यबाहेक पदाधिकारीको लागि उमेर ३० बर्ष भन्दामाथि हुनुपर्नेछ ।

एकै पदमा एकभन्दा बढीको उम्मेदवारी परेको खण्डमा निम्नानुसार निर्वाचन शुल्क बुझाउनु पर्नेछः
– अध्यक्ष — रु २५ हजार
– बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष— रु १२ हजार
– महासचिव — रु १० हजार
– सचिव, उपसचिव, संगठन सचिव, संचार सचिवतथाआर्थिक सचिव — रु ८ हजार
– सदस्य — रु ५ हजार
(चारजनाभन्दा बढीको समुहलाई प्यानल मानिनेछ र पुरै प्यानल घोषणा गर्नेभए शुल्कबाहेक रु ३५ हजार बुझाउनु पर्नेछ ।)

उम्मेदवार बन्नको लागि निम्नानुसारका कागजहरु पेश गर्नुपर्नेछः
१. उम्मेदवार बन्न इच्छा गरेको निवेदन निर्वाचन आयुक्तलाई लेख्ने ।
२. कम्तीमा २ जना तत्कालिन केन्द्रीय पदाधिकारी तथा सदस्य प्रस्तावक र १ जना आजीवन वा संरक्षक सदस्य समर्थक रहनु पर्नेछ ।
३. फोटो सहित उम्मेदवारको नाम, ठेगाना सहितको विवरण ।
४. साहित्यिक, सांगेतिक तथा कलाका कृति भएको प्रमाण ।
५. उम्मेदवारको उमेर प्रमाणित गर्ने नागरिकता, पासपोर्ट वा अन्य कागज ।
६. उम्मेदवार शुल्क महासंघको खातामा जम्मा गरेको रसीद ।

चुनावको समय तालिका
१. जुन १ देखि ७ गते भित्र उम्मेदवार दर्ता
२. जुन २८ मा निर्वाचन
३. जुलाई १३ देखि नयाँ नेतृत्वबाट कार्यभार शुरु

मुरारीराज शर्मा
निर्वाचन आयुक्त

मितिः ३१ मे २०१३

One thought on “निर्वाचन सम्बन्धि सूचना

  1. Respected Election Commissioner
    I would like to apply my candidacy for the post of Sub-Chairman.

    hope you will accept my request.

    with best regards
    Sagar Shrestha
    9841851925

Comments are closed.