Category Archives: Notice

नियमित बैठकमा उपस्थिती सम्बन्धमा

नियमित बैठकमा उपस्थिती सम्बन्धमा

श्रीमान पदाधिकारी ज्यू विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समिति तथा शाखा समिति विषयः नियमित बैठकमा उपस्थिती सम्बन्धमा महोदय, यस महासङ्घको नियमित साइवर बैठक निम्न अनुसार सु–सम्पन्न हुने भएकोले उपस्थितीको लागि सादर अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि महासंघ gfnl@ymail.com को ग्रुप फेसबुकमा हेर्नुहोला Date: 28 May 12 सोमबार (संविधान जारी गरेको पहिलो दिन हुनेभएकोले शुभ कामना आदानप्रदान हुनेछ) Time: 7pm (Nepal Time) Skype: nepaliliterature http://www.facebook.com/gfnl.nepaliliterature पूनश्चः छलफलको प्रस्तावहरु बैठक शुरुहुनु अगावै पठाउन अनुरोध छ । अघिल्ला बैठकहरुमा उपस्थिती नहुनु भएकालाई र प्रत्येक शाखाबाट अध्यक्ष, महासचिव वा कुनै एकजना सहभागि >>>

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

प्रतियोगितामा उत्कृष्ट घोषित सम्पूर्ण स्रष्टा, सहभागिहरु, साहित्य महासंघका पदाधिकारी तथा इच्छुक सबैलाई नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अर्न्तरक्रिया तथा पुरस्कार वितरण समारोह २०६८ The Role of Nepali Diasporas in the Promotion of Nepali Literature आगामी ५ अगष्टको दिन काठमाडौमा सम्पन्न हुनेभएकोले उपस्थिती भईदिनुहुन अनुरोध गर्दछौ । डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौ आयोजक विश्व नेपाली साहित्य महाङ्घ, केन्द्रिय समिति सहआयोजक विश्व नेपाली साहित्य महासङ्घ, काठमाडौ शाखा

प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित ‘बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता’मा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ । महासंघको शुक्रबार साँझ बसेको ई-बैठकले २ हप्ताको लागि समयावधि बढाउने निर्णय गरेको हो प्रतियोगितामा सहभागी हुनका लागि सबैतिरबाट अत्यन्त उत्साह देखिएको छ तर समयको अभाव देखिएकोले ती सबैलाई समेट्न म्याद थप गरेका छौं । हाल सम्म >>>

साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

१४ अप्रिल २०११, ब्रुनाई, नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गर्यो । नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाई सभापतिमा आसन ग्रहण गराए । यसपटक खुल्ला कार्यक्रम भएकोले नयाँनयाँ अनुहारहरुको पनि धेरै उपस्थिती थियो । ती मध्ये अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रिय सचिव हरी मानन्धर (इजरायल) लाई अतिथिको रुपमा आसन ग्रहण गराए पछि सबैले >>>

Page 2 of 4«1234»