विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता ढुंगेल प्रथम
सहयोगी लिङ्कहरू
युएई, अषाढ ३० - विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुंगेल प्रथम भएका छन् । भानुजयन्तीको अवसर पारेर उक्त प्रतियोगिताको परिणाम सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको दोस्रो स्थानमा पाँचथरका स्वप्निल स्मृति र काभ्रेकी रमा अधिकारी तेस्रो भएकी छिन् । त्यसपछि बीसौ स्थानसम्म हेम सरु (प्रबास), टिका भाइ (सिक्किम), बाबु त्रिपाठी (नवलपरासी), सुमनराज श्रेष्ठ (चितवन), यम भुषाल (पर्वत), रिता खत्री (भोजपुर), रामप्रसाद प्रसाई, गणेश खड्का (सेसेल्स), बलदेभ भट्ट (युएई), सुधीर क्षेत्री (कालिम्पोङ), विनोद न्यौपाने (बेलायत), मल्लिका शाक्य (अमेरिका), ऋषि बस्ताबोटी (क्यानडा), विध्या सापकोटा (काठमाडौ), सुबास खनाल (मकवानपुर), आनन्द श्रेष्ठ (काठमाडौं) र बिसौ स्थानमा सुशील सुब्बा (ललितपुर) रहेका छन् ।
प्रतियोगितामा विभिन्न १९ मुलुकमा रहेका नेपाली स्रष्टा र नेपालको २७ जिल्लाबाट १ सय ८२ कवि सहभागी थिए । तीमध्ये १ सय ७३ वटा प्रतियोगी रहेको कार्यक्रमको सह–आयोजक एवं प्रायोजकको रुपमा प्रवासी नेपाली साहित्य समाज वेलायत-ब्रुनाईका अध्यक्ष विश्वास दीप तिगेलाले जनाएका छन् । नेपालमा ८ मातृभाषाका कवितासमेत समावेश थियो ।
कविताका मूल्याङ्नमा स्वदेशबाट कवि श्रवण मुकारुङ र प्राज्ञ डा. वेन्जु शर्मा तथा अमेरिकाबाट कवि हेमन्त श्रेष्ठ रहेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी राई बान्तावा भाषाका स्रष्टा असिम राई (इलाम) र लिम्बु भाषाका कवितातर्फ धनकुटाका भरत थोक्लेनलाई जनही १ हजार रुपैया“ र प्रमाण–पत्र गरिने जनाइएको छ ।
नेपाली साहित्य व्यापक तुल्याउन पहिलो पटक अडियो कविता प्रतियोगिता गरिएको हो । उच्च प्राविधिक प्रयोगबाट आयोजना गरिएको यस प्रतियोगिताको लागि ब्रुनाईबाट काम भएको थियो । विजयी कविलाई केही दिनभित्र काठमाडौंमा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
प्रकाशित मिति: २०६८ अषाढ ३० ०९:३२















तपाईंको प्रतिकृया