विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा

Edit This Entry

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुङ्ेल प्रथम भएका छन् ।

विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका थिए साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको थियो । दोस्रो स्थानमा स्वप्निल स्मृति (पान्थर), तेस्रो रमा अधिकारी (काभ्रे), चौथो हेम सरु प्रबास, पाचौ टिका भाइ (सिक्किम), छैठौ बाबु त्रिपाठी (नवलपरासी) लगायत क्रमशः सुमनराज श्रेष्ठ (चितवन), यम भुषाल (पर्वत), रिता खत्री (भोजपुर), राम प्रसाद प्रसाई, गणेश खड्का (सेसेल्स), बलदेभ भट्ट (युएई), सुधीर क्षेत्री (कालिम्पोङ), विनोद न्यौपाने (वेलायत), मल्लिका शाक्य (अमेरिका), ऋशी बस्ताबोटी (क्यानडा), विध्या सापकोटा (काठमाडो), सुबास खनाल (मकवानपुर), आनन्द श्रेष्ठ (काठमाडो) र बिसौ स्थानमा सुशील सुब्बा (ललितपुर) रहनु भएको छ ।

कविताका मूल्याकनकर्ताहरु प्राज्ञ कवि श्रवण मुकारुङ, प्राज्ञ डा. वेन्जु शर्मा र अमेरिकामा रहनु भएका कवि हेमन्त श्रेष्ठ रहनु भएको थियो भने वेलायत, युएई, साउदी अरेबिया र अफगानिस्तानबाट पर्यवेक्षक मूल्याङ्कनकर्ताहरु रहनु भएको थियो ।

कविता प्रतियोगिताको परिणाम महासङ्घ स्थापनाको अवसर अर्थात भानु जयन्तिको अवसरमा घोषणा गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् साथै १० औ स्थान सम्म प्राप्त गर्नेलाई प्रमाण–पत्र प्रदान गरिने छ । राई बान्तावा र लिम्बु भाषाको कविताहरु प्रतियोगिताको लागि तोकिएको न्यूनतम संख्यामा प्राप्त भएकोले मूल्याङ्कन गरि लिम्बु भाषा तर्फ भरत थोक्लेन, धनकुटा र राई वान्तावा तर्फ असिम राई इलाम प्रथम घोषित हुनुभएको छ । विजयी दुवैले नगद रु १ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको सह–आयोजक एवं प्रायोजकको रुपमा प्रवासी नेपाली साहित्य समाज वेलायत÷ब्रुनाई, विनेसाम रसिया शाखा, साउदी अरेविया शाखा, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई रहेका छन् भने कार्यक्रमको कुल खर्च रु १ लाख रुपैयाको अनुमान गरिएको छ ।

नेपालको राष्ट्रिय गानाबाट शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ कुलपति बैरागी काँईलाको अडियो मन्तब्य लगतै अतिथिहरु प्राज्ञ डा. गोविन्दराज भट्टराई, मुरारीराज शर्मा, डा. कविताराम श्रेष्ठले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । महासङ्घ स्थापना भएको १ बर्षको समयलाई समिक्षा गर्दै युएइबाट समदर्शि काँइलाले बोलेका थिए । त्यस्तैगरि आदीकवी भानुको सम्बन्धमा न्यूयोर्कबाट भोला शिवाकोटि पुरानोघरेले चर्चा गरे लगतै एकदर्जन कविता तथा गजलहरु बाचन भएका थिए । सहभागिहरुको बाचन पश्चात विजयी कवीहरुको नाम अध्यक्षबाट घोषणा गरिएको थियो । स्काइपमा सम्पन्न उक्त घोषणा तथा बर्षगाँठ समारोहलाई रसियाबाट डा. मधु माधुर्यले सभापतित्व गर्नु भएको थियो भने संचालन ब्रुनाईबाट महासचिव विश्वास दीप तिगेलाले गरेका थिए ।

नेपाली साहित्यको इतिहासमा ब्यापक रुपबाट र नयाँ प्रविधिबाट अडियो कविता प्रतियोगिता गरिएको सम्भवत यो पहिलो पटक हो । उच्च प्राविधिक प्रयोगबाट आयोजना गरिएको यस प्रतियोगिताको लागि ब्रुनाईबाट काम भएको थियो । विजयी कवीहरुलाई केही हप्ताभित्रै काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने भएको छ ।

प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने पदाधिकारीहरु लगायत सबैलाई, विशेषतः मिडिया सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै विजयी तथा सहभागि सबैलाई बधाई ज्ञापन गर्दै सभापतिले कार्यक्रमको विर्षजन गर्नुभएको थियो । सम्पूर्ण कविताहरुलाई साहित्य महासंघको वेवसाइट डब्लुडब्लुडब्लु डट जिएफएनएल ड्ट अर्ग www.gfnl.org मा हेर्न सकिन्छ ।

Edit This Entry

Leave a Reply

Search Archive

Search by Date
Search by Category
Search with Google

Photo Gallery

Top Rated

Posts | Pages | Comments

All | Today | This Week | This Month

  • There are no rated items for this period.
Quantcast
© Everest Media International Network Pvt. Ltd. News at E-mail: samachar@live.com (or) news@nepaliSamachar.com