विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

टोक्यो, १५ जुन २०२५
विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुईकृतिको प्रवास लोकार्पण सम्पन्न भएको छ ।
आइतवार टोकियोको ओकुवो स्थित नेवा डाइनिङको हलमा भएको कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम विरही राईको बारुदले कोरेका अक्षरहरू प्रवास लोकार्पण सँगै खुल्ला रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथ पानसमा दीप प्रज्वलन गरेर लेखक विश्लेषक तथा समाजवादी दर्शनका अध्येता प्रर्खर वक्ता प्रमुख अतिथि विश्वभक्त दुलाल आहुतिले समुद्घाटन गर्नु भएको कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाका अध्यक्ष रविन्द्र दिखुक्पा सभापति रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य कुविर लामाले दिनुभएको थियो ।
विशेष अतिथि एनआरएनए एसिया प्यासिफिक संयोजक तथा जापानका अन्तर्राष्ट्रिय कानुनविद अधिवक्ता डा. बलराम श्रेष्ठ, एनआरएन कान्तो जापानका अध्यक्ष अशोक कार्की, भाषाका ज्ञाता तथा साहित्यकार हारूहितो नोजु, नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जापानका उपाध्यक्ष विनोद स्याङ्तान अन्य अतिथिहरू किरात याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार तुम्सा, नेपाल मगर सङ्घ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज जापानका महासचिव जनक थोकर, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाध्यक्ष पेम नुरी शेर्पा, ग्लोबल फोरम जापानका संरक्षक धन बहादुर बि. क. किराया कान्तोका अध्यक्ष ध्रुवदेव राई, अनेसास बोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, विनेसाम जापानका संरक्षक देवी बहादुर ईङ्नाम, विनेसाम जापानका सल्लाहकार भुवन रोका, साहित्य चौतारी नेपाल जापानका संरक्षक अमरदेव बास्तोला, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी नेपाल जापान शाखाका अध्यक्ष सरिता ढकाल, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि आहुतिले नेपाली भाषामा मात्रै गजल, कविता, मुक्तक वा अन्य कुनै पनि साहित्य लेखेर हुदैन। सबैले आ-आफ्नो भाषामा पनि लेख्नु पर्ने आजको आवश्यकता रहेको बताउनु भयो। एउटा भाषा मर्नु भनेको हामी एक हजार वर्ष पछि पर्नु हो भन्नु भयो। विश्वको जुनसुकै कुनामा पुगेपनि साहित्य सङ्घ संस्था खोल्ने प्रवृत्ति नेपालीको मात्रै रहेको बताउनु भयो। प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, श्रवण मुकारुङ दृष्टान्त दिँदै अबको समय लेखक साहित्यकारले आफ्नो भाषामा नलेखे भाषा साहित्यको बिकास नहुने कुरा जिकिर गर्नु भयो। जापानीहरूले अंग्रेजीमा नभई आफ्नै भाषामा लेखेर नोबेल पुरस्कार जितेका हुन्। हामी पनि आफ्नै भाषामा लेखेर नोबेल पुरस्कार जित्न सक्नु पर्छ भन्ने धारणा राख्दै सेतो जिराफ कविता सुनाउदै गजलकार द्वय र प्रवास लोकार्पित दुई कृतिका लेखक सँगै विनेसाम जापानलाई बधाई, शुभेच्छा दिनु भयो ।
संस्थाको स्थापना विगत देखि वर्तमानसम्म संक्षिप्त इतिहासको आरोह अवरोह सल्लाहकार भुवन रोकाले सुनाउदै हामी कोही कसै सँग प्रतिस्पर्धाका लागि नभएर विशुद्ध साहित्य सिर्जनाका लागि एकीकृत भएको बताउनु भयो भने त्यसैमा आफ्नो भनाईलाई संश्लेषण गर्दै संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक देवी बहादुर ईङ्नामले सबैको प्रयास र मिहिनेतले छैटौँ स्थापना दिवस मनाउन सफल भएको बताउनु भयो।

अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्यालले आफ्नो मुक्तक संग्रह “संघर्ष १०१” परिचय गराउदै उक्त संग्रहबाट केही मुक्तकहरू पनि सुनाउनु भएको थियो। साथै कवि रोशन याक्सोको कविता संग्रह “सम्झनाको चोमोलोङमा” को पनि बिशेष प्रदर्शन गरिएको थियो।
खुल्ला रचना वाचन तर्फ क्रान्ति चेम्जोङ, अमरदेव वास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई र सम्झना चाम्लिङ्ग लगायतले वाचन गर्नुभएको थियो ।कार्यक्रमलाई सुन्दर र आकर्षक रूपमा विनेसाम जापान शाखाकी सह-सचिव सयपत्री थुलुङले पहिलो चरण र संस्थाका उपाध्यक्ष शिवराज राईले दोस्रो चरण सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमका सभापति रविन्द्र दिखुक्पाले विशेष गजल वाचन गर्नुहुने स्रष्टाहरूलाई बधाई शुभकामना दिँदै उपस्थित प्रमुख अतिथि र अतिथिहरूलाई धन्यबादका शब्द गुच्छा समर्पण गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *