देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन

९ जून २०१९ टोकियो ।
‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ जापान शाखा गठन भएको छ । जापानको राजधानी टोकियामा बसेको एक साहित्यिक भेलाले साहित्यकार श्री देवीबहादुर इङ्नामको अध्यक्षतामा १३ सदस्यीय जापान शाखा गठन गरेको छ । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवा गरौं भन्ने हेतुले स्थापित उक्त समिति निम्न अनुसार रहेको छ ।

१) अध्यक्ष देवीबहादुर इङ्नाम
२) वरिष्ठ उपाध्यक्ष भुवन रोका
३) उपाध्यक्ष लेखनाथ अधिकारी
४) महासचिव रबिन्द्र दिखुक्पा
५) सचिव विनम किराती
६) आर्थिक सचिव शिवराज राई
७) आर्थिक सहसचिव अशोक कार्की
८) सदस्य दीप मुस्कान
९) सदस्य शंकरहरि खालिङ
१०) सदस्य गंगा गगन
११) सदस्य मन्जु सावाँ
१२)सदस्य रेश राई
१३) सदस्य थर्कदिप तिगेला

नव गठित समितिलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं ।