आज भोलि रुने होइन हास्ने भाको छु
तिम्रो नाम जप्दै हिडने पागल भाको छु।
मनलाई ढुङगा बनाउदै धेरै टाढा राखेको छु
नाटक रैछ जीवन आफ्नै मनलाई ढाटेको छु
तिम्रो यादमा एकान्तमा हराउने भाको छु
आधा रातमा बिम्जेर एक्लै कराउने भाको छु।
माया गरे बदलामा ठुलो उपहास पाएछू
सबैले चिन्ने पागल नाम उपहार पाएछु
गल्लि चोक सडक खोजी हिडने भाकोछु
तिम्रो नाम जप्दै हिडने पागल भाको छु।
– इजरायल
Dear Sherpeni Kanchhi Namaskar
I am Shukra Rai from uk your such as good songs writer and also your great creative person keep it up
regards
Shukr