कोशेलीको बिमोचन हुने ४ फेब्रुअरीमा

नेपाली साहित्य जगतका चम्किला तारा कवि मोतिराम भट्टको १०१ औं जन्म जयन्तिको पावन अवसर पारेर स्थापना भएको विश्व नेपाली साहित्य महासंघको शाखा साउदी अरेवियाले नेपाली साहित्य जगतलाई श्रीबृद्धि गर्ने उद्देश्यले प्रकाशन गर्न लागेको त्रैमासिक साहित्यिक पत्रिका कोशेलीको यही फेब्रुअरी ४ तारिख शुक्रबारका दिन नेपाली समय अनुसार दिउँसो ठीक १ बजे साउदी अरेवियाको समय विहान ठीक १० बजे, साहित्य महासंघ शाखा साउदी अरेवियाका प्रमुख सल्लाहकार तथा अन्तराष्ट्रिय प्रतिनिधि सागर श्रेष्ठ ज्यू को उपस्थितिमा बिमोचन गर्ने कार्यक्रम रहेको छ ।

साउदी अरेवियामा विभिन्न गतिविधिहरु संचालन गर्दै आएको यस शाखाले प्रकाशन गर्न थालिएको यस पत्रिकामा विभिन्न विधाका साहित्य सामग्रीहरु समावेश भएको जनाइएको छ । प्रवासमा रहेर नेपाली साहित्यको उत्थान संरक्षण र सम्बद्र्धन गर्नका लागी पत्रिका प्रकाशन गर्न लाग्दा विभिन्न चुनौतिहरु बाधा व्यवधानहरुको सामना गर्नु परेपनि एउटा आमाले जसरी दश महिना गर्भमा बोकेर एउटा शिशुको जन्म पछि बच्चा जन्मदाको प्रशव पिडा सजिलै भुल्न सक्छिन् र जति खुसी हुन्छिन् हामी पनि त्यत्ति नै खुसी रहेका छौ भन्नुहुन्छ कोशेलीका सम्पादक दुर्गा बहादुर भण्डारी ।

यस विमोचन कार्यक्रममा सबैलाई अनलाइन मार्फत निम्तो गरिसकिएको बताउँछन् कोशेलीका व्यवस्थापक शिव बहादुर थापा क्षेत्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *