अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।

स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमा धर्ती बोकेर’ले तृतीय स्थान प्राप्त गरेको छ ।

उनीहरुलाई आगामी बैशाख ४ गते (१७ अप्रिल)का दिन बीएफबीएस गोर्खा रेडियो काठमान्डूमा कार्यक्रम गरी पुरस्कृत गरिने छ । पुरस्कारको राशि पहिलोलाई १२ हजार, दोस्रोलाई १० र तेस्रोलाई ८ हजार रहेको छ । कार्यक्रमको गोर्खा रेडियोले प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

तीन सदस्यीय निर्णायक मण्डलले पहिलो चरणमा १० उत्कृष्ट सिर्जना छनोट गरेको थियो । त्यसपछि दोस्रो चरणमा प्रथम, द्वितीय र तृतीय सिर्जना छनोट गरिएको जनाइएको छ ।

नेपालका कवि र कवियत्रीबाट प्रतियोगिताका लागि पठाइएका कविता, गीत, गजल, मुक्तक विधामध्येमा बूढो माझी (नवीन प्यासी), साउनको डढेलो (एकु घिमिरे), प्रकृतिकी धर्ती ओच्छ्यान (उदास कार्की), जन्मदिनमा पत्र (पुष्पा घिमिरे), कतै बाढी कतै पहिरो (तुल्सी बस्नेत), यो साझा घरको मान्छे (बन्दना राई), पँधेरीमा पानी छैन (हृदय लेकाली), सहरले गुमाएको प्राकृतिक पेन्टिङ (प्रज्वल अधिकारी) , खर्पनमा धर्ती बोकेर (पवित्रा राई) र कृषकको गुनाशो (सुरज शर्मा)का सिर्जना टपटेनभित्र पर्न सफल भए ।

प्रतियोगिताका लागि अर्थआवारको अघिल्लो दिन मार्च २४ तारिखभित्र सिर्जना पठाइसक्न आह्वान गरिएको थियो ।

विजय हितान
विश्व नेपाली साहित्य महासंघ साऊथ युके
११ अप्रिल २०१७

———————————————————————————————————

साहित्य महासङ्घ साउथ युकेद्धारा नयाँ बर्षमा भब्य सास्कृतिक कार्यक्रम हुदै

आगामी १६ अप्रिल २०१७ का साँझ विक्रम सवत् नयाँ बर्ष २०७४ को स्वागत स्वरुप विश्व नेपाली साहित्य समाज साउथ युके शाखाद्धारा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त नयाँ बर्ष साँस्कृतिक साँझमा लोकप्रिय गायक शिव परियार र थिर थापा लगायतका कालाकारहरुको भब्य प्रस्तुती रहने छ । साथै राफल ड्रमा सुनका आकर्षक गहना र दर्जनौ आकर्षक उपहार पनि ब्यवस्था गरिएको कुरा महासचिव जानुका राईले जनाउनु भएको छ ।
कार्यक्रम आसफोर्ड टाउनको, सेन्टर पीस चर्चहल सम्पन्न हुनेछ ।

सूचना

विक्रम सवत् नयाँ बर्ष २०७४ को स्वागत स्वरुप विश्व नेपाली साहित्य समाज साउथ युके शाखाद्धारा निम्नअनुसार साँगेतिक कार्यबmम सुसम्पन्न हुने भएकोले सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थिती भई शुभ कामना आदानप्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । उक्त नयाँ बर्ष साँस्कृतिक साँझमा लोकप्रिय गायक शिव परियार र थिर थापा लगायतका कालाकारहरुको भब्य प्रस्तुती रहने छ । साथै राफल ड्रमा सुनका आकर्षक गहना र दर्जनौ आकर्षक उपहार पनि ब्यवस्था गरिएको छ ।

मितिः १६ अप्रिल २०१७
स्थानः आसफोर्ड टाउन, सेन्टर पीस चर्चहल
समयः दिउसो २ देखि

– थप जानकारीको लागि सम्पर्क श्रीमती जानुका राई, फोनः 07456307476, औतारी गुरुङ फोनः 07846891952

Leave a Reply

Your email address will not be published. Required fields are marked *