विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन

आज २७ फेब्रुवरी २०१७ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा बसेको भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु), सुमन वान्तावा (ईपो), रामप्रसाद भट्टराई (ईपो), लोकेन्द्र देवान अशीम (जोहरबारु), रवी किरण (जोहरबारु), कपिलमणि (पेनाङ), चतुमान राई ( क्वाललम्पुर) र नवराज बुढा नवीन उदासी (निलाई) चयन हुनु भएको छ ।

यसअघिको कार्यसमितिको अध्यक्ष जीवन देवान गाँउले हुनुहुन्थ्यो भने नयाँ नेतृत्वको निम्ति गत १८ फेब्रुवरीका दिन केन्द्रीय सदस्य दिलिप राई सगरको संयोजकत्वमा निर्वाचन समिति निर्माण गरिएको थियो ।

त्यस्तैगरी सल्लाहकारहरुमा एक दसकदेखी मलेसिया रहन्दै आएका जीबन गाँउले देवान, दिलिप राई सगर, दीप दर्शन, युवराज साम्पाङ, दिलदुखी जन्तरे, र विपिन राई रहनु भएको छ । यस शाखाको स्थापना सन् २०१० भएको थियो र यसले विभिन्न उल्लेख्य साहित्यिक क्रियाकलाप गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *