विश्व नेपाली साहित्य महासङ्घ युएईमा नयाँ नेतृत्व

gfnl-uae-2016
गत १८ नोभेम्बर २०१६ का दिन युएईको बरदुबई स्थित स्रष्टासर्जकहरुको भेलाले विश्व नेपाली साहित्य महासङ्घ युएई शाखा मुच्छे राई ‘विद्रोही साइला’ को अध्यक्षतामा पूर्नगठन गरेको छ ।

नयाँ समितिका प्रथम उपाध्यक्ष सरोज पहागो, द्धितिय उपाध्यक्षमा दीपराज नयोङहाँङ, महासचिवमा राधा घायल अधिकारी, सचिवमा रमाकान्त बास्तोला, कोषाध्यक्षमा सोनिया लिम्बु ‘तेह्रथुमे कान्छी’, सहकोषाध्यक्षमा राज संगम राई र सदस्यहरुमा क्रमशः निमेश गिरी, माइनसप्लस संगौला, प्रतिक्षा बुढामगर, विवस मादेन, पिवन कन्दङ्वा, प्रवेश राई, र मुना इङनाम रहेका छन् ।

भेलामा विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय प्रतिनिधि पिएस निश्चल र पूर्व केन्द्रीय महासचिव समदर्शी काँइलाको उपस्थिती थियो । केन्द्रीय प्रतिनिधि निश्चल, उपाध्यक्ष पहाङगो र महासचिव अधिकारी रहेको ३ सदसिय विधान मस्यौदा समिति गठन गरेको छ ।

भेलाले पिएस निश्चल, काँइला, देबिनबाबु राई र किरण कौशल मेयोङवालाई सल्लाहकारमा चयन गरेको छ । आगामी कार्यक्रम २३ डिसेम्बरमा बस्ने पनि निर्णय गरयो ।

– सरोज पहाङगो

Leave a Reply

Your email address will not be published. Required fields are marked *