साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न

२८ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घको नवनिर्वाचित समितिको प्रथम साइबर बैठक सम्पन्न भयो ।

नाटक विधामा कलम चलाउनु हुने साहित्यकार तथा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवाको धनकुटा सिधुवाको बस दुर्घटनामा भएको निधन र साहित्य महासङ्घ केन्द्रमा नवनिर्वाचित सदस्य कल्पना पौडेलको ९७ बर्षिया पिता को निधनमा एक मिनेट मौनधारण गर्दै शुरु भएको पहिलो बैठकमा उपस्थितहरु बीच आपसमा चिनापर्चि गर्ने काम भयो र नवनिर्वाचित पदाधिकारीहरु मध्ये बाँकी रहेकाहरुलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ खुवाउनु भयो ।

बैठकले रसिया शाखाको नवनिर्वाचित समितिलाई अनुमोदन गर्दै बधाई ज्ञापन प्रस्ताव पारित गरयो । त्यस्तैगरि सचिव केदार संकेत भर्खरै युकेमा साहित्यिक पुरस्कारबाट सम्मानित हुनुभएकोमा बधाई ज्ञापन गरियो । र इजरायलमा रहनुहुने सुनिता राई कन्दङवालाई सहसचिवमा अनुमोदन गरयो । बाँकी पदाधिकारी तथा सल्लाहकारहरु अर्को बैठकमा चयन गरिने बताईएको छ ।

सचिव केदार संकेतबाट संचालन गरिएको कार्यक्रममा सल्लाहकार कृष्णप्रकाश श्रेष्ठले साहित्य महासङ्घको प्रकाशन्मुख रसियन भाषामा नेपाली कविताहरुको अनुवाद तयारी भएको जानकारी गराउनु भयो । अर्का सल्लाहकार डा. कविताराम श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *