विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

(Committee (24-10-2010)

बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ ।

साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो ।

महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्ले र रमेश पौडेल रहनु भएको छ । बाकी पदहरुमा चाडै पदपूर्ति गरिने कुरा जानकारी गराउनु भएको छ ।

छोटो समय भित्रै विस्तारको क्षेत्रमा उत्साहजनक फड्को पारिरहेको यस साहित्य महासंघको स्पेन शाखा दशौ शाखा बन्न सफल भएको छ । नेपाली सहित्यको निमित्त हातेमालो गर्न उत्साहि स्पेन समितिलाई हार्दिक स्वागत तथा बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *