विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

gfnl uk bhanu jayanti 2016 (1)
गत ३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाले १०३ औ आदिकवि भानु जयन्ति तथा साहित्य महासङ्घको छैठौ स्थापना दिवस मनायो ।

युके केन्टको सुन्दर तथा लोकप्रिय होल पार्क स्टेटको सभा हलमा आदिकवि भानुको फोटोमा माल्यार्पण गरि शुरु भएको कार्यक्रममा शिव कुमार राईले स्वागत मन्तब्य राख्नु भयो भने आदिकवि भानुको योगदान र साहित्य महासङ्घको बारे केन्द्रीय नेतृत्व विश्वास दीप तिगेलाले बोल्नु भयो । भिमो मेमोरियल ट्रष्टको प्रायोजनमा आयोजित कार्यक्रममा ट्रष्टका अध्यक्ष जानुका राईले ट्रष्टको बारेमा विस्तृत जानकारी गराउनु भयो । ट्रष्टले निर्माण गरेको बृत्तचित्र समेत प्रर्दशन गरिएको थियो । र, सहभागिहरुले स्वेच्छाले ट्रष्टलाई आर्थिक सहयोग गरेका थिए ।

कवि घन थापामगर, भगवान चाम्लिङ, सिता पुन, बालकुमारी गुरुङ, शैलेश सापकोटा, विजय हितान, करिष्मा घम लगायतले कविता वाचन गर्नुभएको थियो भने नेपालबाट पाल्नु भएका बरिष्ठ गायक जितेन राई, गायिकाद्धय पार्वती राई र सरला राईलाई सम्मान गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा गायक राई र गायिका राईले सांगेतिक कोसेली पस्कनुको साथै मन्तब्य पनि राख्नु भएको थियो भने शंशाक राईले नृत्य प्रस्तुत गरेका थिए ।

तेस्रो चरण अन्तर्गत सुन्दर मौषमको अवसरमा होल पार्क स्टेटको सामुहिक साहित्यिक भ्रमण गरिएको थियो । कार्यक्रममा समाजसेवी डम्मर सिंघक, किराया सांस्कृतिक समिति युकेका अध्यक्ष नीरकुमार राई, गायक गंगाराज राई, डिल्लिराम राई, टिका वाठामगर, भोबहादुर पुन लगायत झण्डै ४ दर्जन स्रष्टा तथा सर्जकहरुको सहभागिता थियो । युकेको ज्यादै विशिष्ट स्थानमा नेपाली साहित्यिक कार्यक्रम भएको यो सम्भवतः पहिलो हो ।

विनेसाम युके साउथ शाखाका अध्यक्ष विजय हितानमगरको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई शाखाका सचिव जानुका राई र सहसचिव करिष्मा घमले पालैपालो संचालन गर्नुभएको थियो । आदिकवि भानु जयन्तिकै दिन साहित्य महासङ्घको स्थापना सन् २०१० जुलाई १३ मा भएको हो ।

– राजु सुब्बा
gfnl uk bhanu jayanti 2016 (2)

gfnl uk bhanu jayanti 2016 (3)

gfnl uk bhanu jayanti 2016 (4)

gfnl uk bhanu jayanti 2016 (5)

gfnl uk bhanu jayanti 2016 (6)

gfnl uk bhanu jayanti 2016 (7)

gfnl uk bhanu jayanti 2016 (8)

gfnl uk bhanu jayanti 2016 (9)

Leave a Reply

Your email address will not be published. Required fields are marked *