युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन

गत १९ मार्च २०१६ का दिन युकेको आसफोर्ड टाउनको गोर्खा भान्साघरको सभाकक्षमा विश्व नेपाली साहित्य महासङ्घ र केन्टकलमले अर्थ आवर बनाएका छन् ।

विश्व प्रकृति संरक्षण कोषको नेतृत्वमा विश्वब्यापी मनाइने अर्थ आवरमा प्रत्येक बर्षको मार्च महिनाको अन्तिम शनिवार बेलुकी साढे ८ बजे देखि साढे ९ बजे सम्म विजुली बत्ति घरमा निभाएर प्रकृति संरक्षणमा प्रतिबद्धता जनाउने तथा विविध रचनात्मक कार्यक्रमहरु पनि गर्ने गरिन्छ । त्यसैको फलस्वरुप साहित्य महासङ्घ युकेले यसबर्ष पनि प्रकृति संरक्षण संग सम्बन्धित विभिन्न सिर्जनाहरु बाचन गरेर अर्थ आवर मनाएको हो । अर्थआवर समारोहमा नेपाल पत्रकार महासङ्घ युके शाखाका नवनिर्वाचित अध्यक्ष नरेश खपाङ्गीलाई पनि टोपी र खदाबाट सम्मान गरियो ।
Karishma
पर्यावरणिय साहित्यको आवश्यकता सम्बन्धमा वातावरणविद विजय हितानले कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यपत्र माथि जानु काम्बाङ लिङ्देनले टिप्पणी गर्नुभएको थियो । बीचबीचमा कविता तथा गीत बाचन गरिए पनि यसपटक सर्वाधिक नौलो ढंगबाट कार्यक्रमलाई अघि बढाईएको थियो । साहित्यकार करिष्मा घमको कविता संग्रह गुनासो को बारेमा जानुका राईले समिक्षा गर्नु भयो त्यस्तै गरि साहित्यकार जानु काम्बाङ लिङ्देनको कविता संग्रह शिविरमा ईश्वर माथि विजय हितानले समिक्षा प्रस्तुत गर्नु भएको थियो ।

औतारी साईला, सन्जीव पार्दर्शी, फिप्रा काँईला, बालकुमारी गुरुङ, सुरेन्द्र इङनाम, करिष्मा घम, फडिन्द्र भट्टराई, घनबहादुर थापा लगायतले सिर्जना बाचन गर्नु भएको थियो भने जीबनप्रकाश राई, थिर थापा लगायतले सांगेतिक कोसेली पस्कनु भई थप मनोरन्जन प्रदान गर्नु भएको थियो । वातावरणविद हितानको सक्रियतामा सन् २००९ देखि युकेमा अर्थआवर मनाइन्दै आएको हो भने साहित्य महासङ्घको सहभागिता यसपटक तेस्रो बर्ष हो । केन्ट कलम र महासङ्घले आगामी २३ अप्रिलका दिन सोहिस्थानमा महाभूकम्पको बार्षिक स्मरण तथा नयाँ बर्ष २०७३ विशेष कार्यक्रम गर्ने बताईएको छ ।

साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्ष विश्वास दीप तिगेलाको अध्यक्षताका सम्पन्न कार्यक्रमलाई श्रीमति जानुका राई र सन्जीव पार्दर्शीले पालैपालो संचालन गर्नुभएको थियो । उपस्थित सबैलाई करिष्मा घमले स्वागत मन्तब्य राख्नु भयो । औपचारिक कार्यक्रमको विर्षजन लगतै केन्द्रीय अध्यक्ष तिगेलाकै उपस्थितीमा साहित्य महासंघ युके साउथ शाखा गठन गरियो ।

समितिको अध्यक्षमा विजय हितान, उपाध्यक्षमा औतारी साईला, सचिवमा श्रीमति जानुका राई, सहसचिवमा करिष्मा घम, सदस्यहरुमा थिर थापा, गणेश पुन, रोसन मेवाहाँङ, सन्जीव पार्दर्शी र सिता पुन चयन हुनु भएको छ । सल्लाहकारहरुमा शिब कुमार राई, जीबन प्रकाश राई र विश्वास दीप तिगेला चयन हुनुभएको छ । यो शाखा युकेको साउथ शाखा हो । सन् २०१२ मै साहित्यकार जर्जर हाङवाङको अध्यक्षतामा युके समिति संचालनमा रहेको छ । विश्वको १७ मुलुकहरुमा विस्तारित साहित्य महासङ्घको यो शाखा २४ औं शाखा हो । एक मुलुकमा एक भन्दा बढि शाखाहरु रहने महासङ्घको विधानमा ब्यवस्था छ ।

GFNL

GFNL UK 2016 (1)

GFNL UK 2016 (6)

GFNL UK 2016 (9)

GFNL UK 2016 (10)

GFNL UK 2016 (12)

GFNL UK 2016 (14)

GFNL UK 2016 (16)

GFNL UK 2016 (17)

GFNL UK 2016A (1)

GFNL UK 2016A (2)

GFNL UK 2016A (4)

GFNL-UK-Januka

GFNL-UK-2016-(8)

कार्यपत्र >

बातावरण साहित्य: आजको आवश्यकता (बिजय हितान)
(Earth Hour को उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ र केन्ट कलमले आयोजना गरेको बातावरण साहित्य गोस्टिमा प्रस्तुत कार्यपत्र- १९ मार्च २०१६)

१. पृष्ठभूमी
साहित्यका थुप्रै पाटाहरु हुन्छन, त्यसमध्ये बातावरण साहित्य पनि एक हो । यसलाई अङ्रेजिमा ‘इको’ साहित्य भनिन्छ । नेपाली साहित्यमा प्राय:जसो सामाजिक तथा राजनैतिक जस्ता मानवकेन्द्रित परिबेशका बिषयवस्तुको मात्रै चर्चा गरेको पाईन्छ, तर बातावरण सम्बन्धीका कथाबस्तुलाई खासै महत्व दिइएको हुँदैन । यधपि बातावरण साहित्यले सिङ्गो पृथ्वी र पृथ्वीमा रहेका हरेक बस्तु (सजिव तथा निर्जिव) र तिनीहरुको अन्तरसम्बन्धको व्याख्या गर्ने गर्दछ ।

Bijaya-hitanनेपाली साहित्यमा प्राकृतिक सुन्दरताको बर्णन खुबै गरिएको पाईन्छ । यो बातावरण साहित्यको एक स्यानो अङ्स मात्रै हो । जसरी हाम्रो परम्परागत साहित्यले मानव सभ्यता बिकासमा ठुलो योगदान पुराइआएको छ त्यसरी नै बातावरण साहित्यले बातावरणिय क्षयबाट मानव अस्तित्व जोगाइ राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले अब बातावरण साहित्यको बिरुवा रोपेर मलजल गर्दै झांगिलो ब्रिक्ष बनाउन पर्ने आजका साहित्यकारहरुको दायित्व भएको छ । तर साहित्यको यस नबिनतम फाँटमा सयर गर्न अघी बातावरण के हो बुझ्न आवश्यक छ ।

२. बिषय प्रवेश: बातावरण र यसको वर्तमान अवस्था
बातावरणका प्रमुख तत्वहरु बायुमन्डल, जमिन र पानी हुन । यिनैमा मानव, बन्यजन्तु, र बोटबिरुवाको जीवन निर्भर गर्दछ । बातावरण, बन्यजन्तु, र बनस्पती मानिसकालागि प्राकृतिक स्रोत साधन हुन जोसँग मानिसले अन्तरसम्बन्ध राख्दै सर्बश्रेस्ठ जीवन बाँच्दै आएकोछ । प्राकृतिक स्रोतलाई मानिसले अतिक्रमण र जथाभावी उपभोग गर्दै गरेकोछ । मानवको सेवामा सधैं उपलब्ध यी स्रोतहरुको नबिकरण आफै हुने गर्दछ । उदाहरणको लागि पिउने पानी पंधेरामा आफै उम्रन्छ, माटोलाई उर्बरा राखिराख्ने गडेउला जमिनमुनी आफै सलबलाउन्छन । तर मान्छेले कदापी भुल्न भएन कि तिनीहरु असिमित छैनन । कुनैदिन रित्तिन सक्छन ।

मानबिय अस्तित्व जोगाइराख्न स्वास्थ्य पृथ्वीको खाँचो परीरहन्छ । आजको अतिबिकसित भौतिक युगमा यस तथ्यलाई बिर्सिन खोजिएको पो हो की जस्तो भान हुन्छ । मानिसको स्वार्थनिहित क्रियाकलापले प्रकृतिको सन्तुलन गुम्न लागेको छ । जमिनमुनिबाट जलभन्डारको मुल फुट्न छोडेको छ भने हिमालमा हिउँको तह पातलिंदै जाँदा नदिहरु सुक्न थालेका छन । रसायनिक मल र बिसादिको अत्यधिक प्रयोगले पहाडका पाटा र मधेसका गराको उर्बरा शक्ति घटेको छ । ताल, खोला र समुन्द्रका माछाको सङ्ख्या घटदै गएका छन । बाग, भालु, गैँडा, चिम्पान्जी, हात्ती जस्ता बन्यजन्तु लोपान्मुख बनेका छन । पानी, हावा, र जमिन प्रदुसित बन्दै गएका छन । बायुमन्डल तात्दै गैरहेका छ । भुमध्यरेखिय बनजङल (रेनफोरेस्ट)को बिनास द्रुत गतिमा भैरहेको छ । जैबिक बिबिधितामा ह्रास आइरहेको छ । यि सबै समस्या मानिसले प्रक्रितीमाथि गरेको अतिक्रमणको परीणाम भएको बैज्ञानीक बताउँछन । अन्त:त बाताबरणबिदहरु र सबै सचेत ब्याक्तिलाई यो एउटा ठुलो चिन्ताको बिषय बनेको छ ।

३. बातावरण संरक्षणको गतिबिधि
खस्कदो बातावरणिय परिस्थितीलाई सम्बोधन गर्न विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना गरिन्छन । Earth Hour, जसलाई विश्व बन्यजन्तु सम्रक्षण कोशले आयोजना गर्दछ, प्रतेक बर्ष मार्चको अन्तिम शनिबार विश्वभरी बेलुका ८:३० – ९:३० सम्म बिजुली बत्ती निभाएर मनाउने गरिन्छ । सयुँक्त राष्ट्रसंघले जुन ५ का दिन विश्व बातावरण दिवस मनाउदै आइरहेको छ । यस दिन ब्रिक्षारोपण तथा चेतनामुलक सम्मेलनहरु गरेर मानिसको बानिब्यहोरा र उत्पादनका प्रकृया बातावरणमैत्री बनाउन जरुरी छ भन्ने सुचना प्रबाह गर्ने गरिन्छ । त्यसैगरि विश्वका सबै मुलुकलाई आबद्द गर्दै जलबायु परिवर्तन सम्मेलनको आयोजना गरेर हरित ग्रिह्य ग्यास न्युनिकरण गर्ने उपायको बारेमा छलफल गरिन्छ । अनी जलबायु परिवर्तन नियन्त्रणका नियम कानुन तर्जुमा गरेर लागु गराइन्छ । जलबायु परिवर्तनसँग लडन गरीब राष्ट्रहरुलाई एउटा ठुलो कोष स्थापना गरिनु यि सम्मेलनहरुको आजसम्मकै एक उल्लेखनिय उपलब्धी मान्न सकिन्छ। चाइनाको पान्डा सम्रक्षण, विश्वको बाघको सङ्ख्यालाई सन २०२२ सम्मा दोब्बर पार्ने जस्ता अभियान पनि पर्याबरण सुरक्षाका अन्य उदाहरण हुन ।

नेपालको सन्दर्भमा विश्व बन्यजन्तु सम्रक्षण कोषले पर्याबरणलाई सम्रक्षण गर्नमा बिशेष भुमिका खेलेको छ । पाटे बाघ र गैंडा चोरि सिकारी रोक्ने प्रयास यसका ज्वालन्त उदाहरण हुन । राष्ट्रिय निकुन्जहरु खोल्न र तिनको ब्याबस्थापनामा यो संस्थाको ठुलो योगदान छ । तराइमा लोपान्मुख गिद्द र राते पान्डा बचावमा यसले अतुलनिय सहयोग प्रदान गरेको छ । दर्जनौ सरकारी तथा गैरसरकारी संस्थाहरु यसमा सहकार्य गर्दै जुटेका छन । प्रतेक सप्ताह गरिने बागमती सरसफाइ एउटा उदाहरणिय कार्यक्रम हो ।
यसमा ब्यक्तिगत मानिसहरु पनि लागिपरेका छन। अमेरिकि पूर्व उपरास्ट्रपती अल गोरले विश्वका सातै महादेस, भुमध्यसागरिय जङल, उत्तरि तथा दक्षिणि दुबै ध्रुब भ्रमण गरेपस्चात An Inconvnient Truth पुस्तक लेखे । केन्याकी पूर्व बातावरण मन्त्री वांगारी माथाएले अफ्रिकी महिलालाई परिचालित गर्दै Greenbelt Movement को नेत्रुत्व गरिन । फल्सरुप दुबैलाइ नोभेल सान्ती पुरस्कार प्रदान गरियो । जेन गूड्अलले तान्जानियाको जङलमा बर्शौँ चिम्पान्जीसँग बिताएर तिनको व्यबहारको बारेमा अध्यन गरिन । चिम्पन्जी बचाऊ सम्बन्धीका दर्जनौ पुस्तक प्रकाशन गरेकी उनले ‘जेन गूड्अल’ संस्थान स्थापना गरेकिछन । भारतमा सुरुगरिएको ‘चिप्को अभियान’ ले रुखबिरुवाको सम्रक्षणमा सहयोग पुर्याउँदै आएको छ। यध्यपि विश्व पर्याबरणको अवस्था दिनानुदिन नाजुक हुँदै गैरहेकोछ । यसमा विद्यार्थी, राजनेता, क्रिषक, ब्याबसायी सबैको सहकार्य जरुरी छ । त्यसैगरी साहित्यकारले पनि केही गर्नुपर्ने आवश्यकता देखिन्छ ।

४. बातावरण साहित्यको महत्व
बैज्ञानीकले बिज्ञानका सत्य तत्थ्य पत्ता लगाएका छन । बातावरणबिदले तिनलाई कार्यनयन गर्न प्रयास गरेका छन । साहित्यकारले पनि यस बिषयमा कलम चलाएर समाजमा जनचेतना फैलाउने कार्य गर्न सक्छन । कलम सक्तिवान हुन्छ । समाजमा ठुलाठुला परिवर्तन गराउनमा यसको ठुलो हात हुन्छ । साहित्यको सहायताले निरङ्कुस शासन पल्टेको; छुवाछुत, रङभेद जस्ता सामाजिक कुरुती र भेदभावलाई निमठ्यान्न पारिएको त सबैलाई बिधितै छ । अब इको साहित्यको माध्यमबाट पनि पर्याबरणिय समस्या जनतामाझ लग्ने, मानिसको कृयाकलाप बातावरणमैत्री बनाउने र यस हराभरा प्रिथ्वीलाई हाम्रा सन्ततिमाझ जस्ताको तस्तै हस्तान्तरण गराउन सकिन्छ ।

५. बातावरण साहित्यको बिषय
जसरी एक रेन फोरेस्टको पारिस्थितिका (इको सिस्टम) बिबिध हुन्छ त्यसरिनै पर्याबरण साहित्य आँफैमा धनी छ । यसमा कलम चलाऊन प्रयास गर्ने साहित्यकारले निम्न बमोजिमका बिषयबस्तुमा केन्द्रित रहन सक्छ :
१. इकोफेमिनिज्म- प्रक्रिती नारिजस्तै नाजुक तर सुन्दर हुन्छ । नारी प्रकृतिसँग पुरुष भन्दा नजिक हुनेहुनाले इकोफेमिनिस्म लेखनले यि दुबैको मुक्ती मिल्न सक्छ ।
२. परिब्रितिय- बातावरणका तत्वहरु प्रकाश, हावा, तापमान, जमिन र पानी हुन । एकमा आउने परिवर्तनले अर्कोको बिशेषतामा प्रभाव पार्दछ । यिनैलाई प्रमुख बिषय बनाएर साहित्य कोरिन्छ भने शायद राजनैतिक उथलपुथलमा आधारित साहित्य भन्दा कम मनोरन्जनात्मक हुँदैन होला ।
३. प्रक्रिती सौन्दरता- सेताम्मे हिउँ, हरियो बन, निलो समुन्द्र, निलै आकाश, खैरो माटो यि सबैले आआफ्ना रङहरु प्रदसन गरेका हुन्छन । त्यही प्रकृतिमा रमेका बन्यजन्तु, चरा चुरुङी, किरा फट्याङ्रा, जलचर, भाईरस र ब्याक्टेरिया इत्यादीले पनि आफ्नै रङहरु पोखेका हुन्छन । तर तिनका रङ्गहरु खुइलिदै गएका छन र तिनको सम्हारा कसरी गर्ने भन्ने बिचारका साहित्य कोर्न सकिन्छ ।
४. ग्राम्यता र अप्रदुशित परीबेस- गाउँ र शहर बिच ठुलो द्वन्द छ । एउटा निर्जन,सान्त, चोखो, सितल र सफा हुनसक्छ । अर्को भिड, कोलाहल, तातो र तनावपुर्ण । यो पनि लेखनको एक चाखलाग्दो बिषय हो ।
५. जलबायु परिवर्तन- असन्तुलित बातावरण जलबायु परिवर्तनको कारक हो । यसले तापक्रम बढाएर, बाढि पैरो ल्याएर, बर्षात गराएर, खेडेरी पारेर मानिस तथा बन्यजन्तुको बसाइलाई असजिलो पार्दछ । तर मानिस आफ्नो परिबेश बातानुकुल बनाएर जिउन सक्छ भने कती बन्यजन्तु यसो गर्न सक्दैनन । साहित्य मार्फत यसको रोकथामको लागि जनचेतना फैलाउन सकिन्छ ।
६. जैबिक बिबिधता- मानिसको रङ्ग काला, गोरा, खैरा नभएर एक मात्रै भएको भए यो संसार कस्तो हुन्थ्यो ! पृथ्वीको भुभाग समथर, खोँच, मधेस, मरुभुमी, हिउँ, नभएर पहाडै पहाड मात्र भैदिएको भए कस्तो हुन्थ्यो ! जङलमा अन्य बन्यजन्तु नभै सबै बाघले मात्रै भरिएको भए कस्तो हुन्थ्यो होला ! धरापमा परेको जैबिक बिबिधतालाई मुख्य बिषय बनाएर श्रीजना गरिने साहित्य पनि अती जरुरी र आकर्सक देखिन्छ ।

६. बातावरण साहित्य लेखनको अवस्था
नेपालको सन्दर्भमा लेखनाथ पौड्याल, माधव घिमिरे, धर्मराज थापाका श्रीजनामा प्रक्रिती सुन्दरताको सुगन्ध पाईन्छ । शाकुन्तल, प्रक्रिती पोखरा, र तरुण तपसि जस्ता श्रीजनामा प्रकृतिको रोमान्टिकता र निर्मलताको बर्णन गरिएका छन । सरु भक्तको सम्रक्षण कबिता एक बातावरण साहित्य आन्दोलन थियो । ड रुपक श्रेष्ठको पोख्तक प्रकृतिप्रधान मुक्तक संघ्रह हो । यस कृतिमा पोखराका प्राकृतिक महत्ता, यसलाई जोगाउनु पर्ने कारण, यसको क्षयिकरण, मानिसले ल्याएको प्रदुषणको बारेमा पचासभन्दा बढी मुक्तक समाबेश छन् । अंबर नेम्बाङ को सम्झनाका तरेलीहरु, गोपाल बस्नेतको आफ्नै सेरोफेरो भित्र, ध्रुब चन्द्रको जिलिएको, कर्ण शाक्य को सोच, राजेन्द्र पराजुली को अनायिका, मोहन कोइराला को सिमसारको राजादुत इत्यादिले पर्याबरणलाई केन्द्र बनाएर लेखिएका कृतिहरु हुन ।

बिदेशमा रचेल कार्सनको साइलेन्ट स्प्रिङ्ग पर्याबरण सम्रक्षणको चेतना दिने पहिलो उपन्यास हो। लेज्ली मार्मोन सिल्को को सेरेमोनी, लिन्डा होगान को सोलर स्टोर्मज अरु यस्तै पुस्तक हुन । अन्तररास्ट्रिय स्तरमा केरोल आडम, स्टाफनी काजा, जोन ब्रुनर, जोन क्रिच्टन जस्ता अरु केही नामचलेका इको साहित्यकार छन ।

७. बातावरण साहित्यलाई कसरि अघि बढाउने
नेपाली साहित्य लेखनहरु धेरैजसो मानविय जीवन वरीपरी मात्रै केन्द्रित छन । कतै कतै प्रकृतिको सुन्दरता- हरियो बन, छङछङ् छहरा, कोइलिको गीत, डाँफेको नाच इत्यादिमा कबिता तथा कथा कोरिएको, गीत लेखेर गाइएको पाईन्छ । हिमरेखा किन झन माथि चढदैछ; बाघ, भालु, गैँडा किन लोप हुँदैछन; पोखरी र खोला किन दुसित हुँदैछन, तिनलाई सम्बर्धन र सम्रक्षण किन र कसरी गर्नुपर्छ भन्ने बिषयमा कलम चलेका बिरलै पाईन्छन ।

निरङ्कुश शासनको बिरुद्दमा कलम उठाइयो, अब जलबायु परिवर्तनको बिरुद्दमा कलम उठाउन जरुरी छ । छङ छङ् गर्ने झरना र चांदिझै टल्कने क्या राम्रो हिमाल भनेर गीत लेखियो । अब सुक्दै गरेको झरना, पग्लिन्दै गरेको हिमाल, लोपान्मुख हिउँ चितुवा, बासस्थान गुमाउदै गरेको उत्तरि ध्रुबको भालु, अन्टार्कटिकाको पेङ्गुइनको पनि गीत लेख्न जरुरी छ । आफ्ना मानिसहरु दुर्घटनामा परेका कथाहरु लेख्ने कथाकारले अब आँणबिक दुर्घटना, सामुन्द्रिक प्रदुशण, र बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप र त्यसमा प्राण गुमाएका बन्यजन्तुको पनि कथा लेख्न आवश्यक देखिन्छ । कसैले घर आगोले डढाएर घरबिहिन भएका मानिसको गाथा लेख्छ भने कसैले बन डढेलो लागेर बासबिहिन बनेका पशुपक्षिको पनि गाथा लेखौं न । सक्ती हत्याउन र स्वर्थ पुर्तिका लागि छेडिएको युद्दले बिस्थापित बनेका शरणार्थिको काहानी जती करुण हुन्छ त्यो भन्दा बढी मनछुने जथाभावी बस्ती बसाउन र खेती गर्न मासिएका रेन फरेस्टले गर्दा बासस्थानको नस्ट भएपछी बिस्थापित बन्यजन्तुका कहानि हुनसक्छ । हावाइजहाज चढदै आधुनिक शहर घुमेर पाँचतारे होटेलमा बसेको र रेस्टुरेन्टमा खाएपिएको बिषयमा संसमरण कोर्न जती आनन्द आउँछ त्यो भन्दा बढी आनन्द हातिमा सवार गरेर राष्ट्रिय निकुन्जका बन्यजन्तुको दर्शन र तम्बुमा सुतेर ओर्गानिक तरिकाले उत्पादित खाना खाएका नियात्रा लेख्नमा आउँछ । अनी मात्रै सम्रक्षण गर्न सकिन्छ हाम्रो पर्याबरण । अन्यथा मानव सभ्यता ६० मिलियन बर्ष अगाडि डायनोसोर लोप भएर गएजस्तै हुन सक्छ ।

भानु जयन्ती सँगसङै भालु जयन्ती पनि मनाऔं । किनकी उत्तरि ध्रुबका हिउँभालु लोपान्मुख अवस्थामा छन । मोती जयन्ती मात्रै होइन माटो जयन्तीको महत्व पनि त्यत्तिकै छ । किनकी भुछय र रासायनिक मलको प्रयोगले माटोले उर्बरासक्ती गुमाएको छ । ‘हे भगवान हामीलाई बचाउ’ र ‘हे मानिस पशुपंक्षिको सम्रक्षणमा लाग’ भन्ने भजनहरु सङ्गै लेखौँ सङ्गै गाऔं । भुखको मात्रै कती अब रुखको पनि कथा लेखौं । घोँडा चढेर गाउँ डुल्ने मालिकको साहित्य लेखेर थाकिएन र ? अब साइकल चढेर कवाडी सङ्कलन गर्नेको पनि साहित्य लेखौँ । नदि नाला, सामुन्द्रिक तट, गल्ली र पार्क सरसफाइ; ब्रिक्षारोपण; बाताबरणिय समस्याहरु र तीनलाई कसरी सुल्झाउन सकिन्छ इत्यादी बिषयमा कथा लेख्ने, कबिता पढने, गीत गाउने, नाटक खेल्ने, चित्रकला तथा फिल्म पर्दसन गर्नेगरेर मनाऔं अब साहित्य गोष्टी ।
यसरी बातावरण साहित्यलाई अस्विक्रित बिचार साहित्य, भयबाद, श्रीजनशिल अराजकता जस्तै कुनै बादको रुप दिएर एक आन्दोलन बनाइ अगाडि बढाउँदा अझ प्रभावकारी हुनसक्ने सम्भावना देखिन्छ ।

८. चुनौती तथा अवसर
बातावरण साहित्य त्यती नौलो बिषय भने होइन । लामोसमय देखी कुनै न कुनै रुपमा लेखिदै आएको बिषय हो । मुख्य चुनौती भनेको स्रजगले बातावरण क्षयका कारक र परिणामको सिद्दान्त, यसको व्याबहारिक पक्ष र महत्व, सुधारका उपाय बुझ्न जरुरी छ । यसको सम्बन्ध अलिकती बैज्ञानीक कारणसँग सम्बन्धित भएकोले लेखकमा बैज्ञानीक ज्ञान भैदिएमा उत्तम हुन्छ । बिज्ञानको समिश्रणले गर्दा बातावरण साहित्य नेपाली मुलधारको साहित्यमा अङ्गाल्न न सकिएको हो ।
बातावरण एक फराकिलो धरातल भएकोले लेखनका प्रसस्तै अवसर पाईन्छन । यसले विश्व देखी बायुमन्डल, जमिन मुनिको पानी देखी आकाशमाथि बादल, कमिला देखी हात्ती जस्ता प्राणी, घिस्रने जन्तु देखी उडने पंक्षी, निर्जिव ढुङ्गा माटो देखी सजिव सर्प जस्ता बिषयलाई समेट्छ । त्यसरिनै शहर जस्ता भौतिक सम्रचना देखी आणबिक भट्टिको रासायनी प्रतिकृया, सितल जुन देखी चर्को घाम, शान्त तलाउ देखी उर्लदो समुन्द्र, मन्द हावा देखी बहकिने आँधी बेहरी लेखनका बिषय बन्नसक्छन । मानिसका गूडाउने, उत्पादनगर्ने, भत्काउने, उडाउने कृयाकलाप; घाँसे मैदान, रेन फोरेस्ट, हिमालय, ध्रुबिय हिउँ, सुख्खा मरुभुमी, ओसिलो सिमसार जस्ता कुरामा कलम दौडाएर मनका भावना पोख्न सकिन्छ । त्यसैले यस्तो साहित्यमा इन्द्रेनिका सबै रङ पोत्न र पोख्न सकिन्छ भन्दा अत्तुक्ती नहोला ।

९. उपसंहार
जैबिक बिबिधतामा ह्राश; प्रदुसित, जमिन, हावा, र पानि; मरुभुमिकरण; जङल फंडानि; ओजोन अबछय इत्यादी अैलेका जल्दाबल्दा बातावरणिय समस्या हुन । यस्ता समस्याको उज्गार गर्नु र तीन देखी कसरी पार पाउन सकिन्छ भन्ने कुराहरु मात्रै लेख्नु होइन कि तिनको महत्व र अस्तित्वलाई बुझेर पाठकलाई बुझाउन प्रयत्न गर्नु पनि बातावरण साहित्य हो । पृथ्वी एक सुन्दर बगैंचा हो, मानिस यसका मालिक । तर बगैंचामा फुलहरु फुल्न र भमराहरु झुल्न छोडेका छन । तिनको सम्रक्षणको लागी एउटा बलियो साहित्यिक कलम उठाउनुपर्ने बेला आएको छ । बगैँचालाई सधैं हराभरा र जैबिक बिबिधताले सजाइ राखेर त्यसबाट आनन्द लिन र दिन पनि बातावरण साहित्यमा लाग्नुको अर्को औचित्य हुन आउँछ ।

सन्दर्भ सामाग्री:
1. Bhattarai, G. R. (2007) Postmodern Discourse. Kathmandu: Modern Books.
2. Hitan Bijay, (2013) Thakit Prithvi. Nepali Prativa Pratisthan
3. Gore Al, (2006) An Inconvenient Truth. Rodale
4. Carson Rachel, (2000) Silent Spring. Modern Classics