Saudi Arabia 2

साहित्य महासंघ रियाद शाखा गठन
गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ ।

महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमल शाही, दिलकुमार श्रेष्ठ, सेलिङ्ग के.सी, ईखालु रमेश गेलाल रहनु भएको छ ।

साहित्य महासंघ साउदी अरेविया शाखाका सदस्य सूर्यविक्रम याख्खाले नवंगठित पदाधिकारीहरुलाई सपथग्रहण गराउनु भएको थियो । कार्यक्रमको लागि सूचना प्रकाशित गरेर प्रवासी नेपालीडटकमले विशेष सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *