Saudi Arabia 1

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com र http://quizmaster.blogsome.com मार्फत सार्वजनिक गरिनेछ । यस प्रतियोगिताको बारेमा जानकारी तथा अनलाईन हाजीरी जवाफ प्रतियोगीताको प्रश्नहरु प्रकासीत गरेर यस कार्यक्रमको मिडिया पाट्नर हुन चाहाने अनलाईन मिडिया तथा छापा मिडियाहरुलाई पनि अनुरोध गरिएको छ ।
आगमी लक्ष्मी जयन्ती पश्च्यात प्रत्येक महिना २५ ओटा प्रश्नहरु सोधीने र उत्कृष्ट अंक ल्याउनेलाई क्युज मास्टर आफ द मन्थ घोषणा गरी रु १००१ र प्रशंसा पत्रद्वारा सम्मान गर्ने साथै ३ चोटी लगातार क्युज मास्टर आफ द मन्थ भएमा क्युज मास्टर आफ द एयर घोषणा गरी रु ५००१ र प्रशंसा पत्रद्वारा सम्मान गर्ने भएको छ । कोहि पनि ब्यक्ति वा संघ संगठनले प्रायोजन गर्न चाहेमा प्रत्येक अंकमा प्रयोजकहरुको नाम साथै प्रत्येक बर्ष प्रशंसा पत्रद्वारा सम्मान र बर्षको एक चोटी कलेक्शन किताब प्रकाशन गर्ने भएको छ ।

आयोजकहरुः

विश्व नेपाली साहित्य महासंघ
साउदी अरेविया शाखा
अन्तराष्ट्रिय नेपाली साहित्य समाज
साउदी अरेविया च्याप्टर

निर्णायक मन्डलः

खगेन्द्र अधिकारी अमृत तिलक गुरुङ्ग सुर्य विक्रम याक्खा पुष्पक वली र सागर श्रेष्ठ

प्रायोजकहरुः

सागर श्रेष्ठ
खगेन्द्र अधिकारी अमृत
दुर्गा बहादुर भण्डारी
विष्णु बहादुर थापा
तिलक गुरुङ्ग

यस प्रतियोगीतामा भाग लिनको लागी निम्न नियमहरु पालना गर्नुपर्नेछ ।

१ विनेसाम/अनेसासका केन्द्रिय बोर्ड साउदी अरेवियाका सदस्यहरु र सल्लाहकार बोर्डका सदस्यहरुले यस प्रतियोगीतामा भाग लिन पाउने छैन ।
२ विश्वमा रहेको नेपालीहरुले जहांबाट पनि यस प्रतियोगीतामा भाग लिन पाउने छ ।
३ सबै भन्दा बढी प्रश्नहरुको जवाफ मिलाउने प्रतियोगीलाई क्युज मास्टर अफ द मन्थ घोषण गरिने छ र प्रत्येक महिनामा नगद रु १००१ र प्रशंसा पत्र पाउने छ । यो पुरस्कार विनेसामको केन्द्रिय कार्यलय नेपालबाट प्रत्येक बर्ष एक समारोह विच हस्तानतरण गरिने छ । अंक बराबरी भएमा निर्णायक मण्डलद्वारा गोलाप्रथाबाट प्रथम घोषणा गरिने छ ।
४ लगातार ३ पटक सम्म क्युज मास्टर अफ द मन्थ भएमा क्युज मास्टर अफ द एयर छानीने छ जसको लागी नगद रु ५००१ र प्रशंसा पत्र प्रदान गरिने छ ।
५ प्रश्नहरु जम्मा २५ ओटा प्रत्येक महिनाको १० गते भित्र सोधीने छ । जसको जवाफ हरेक महिनाको २५ गते भित्र विनेसामको ईमेल gfnlksa@gmail.com मार्फत प्राप्त भएकोलाई समाबेस गरिने छ ।
६ महिनाको उत्कृष्ट प्रतियोगीको नाम पछिल्लो प्रश्न सोध्ने क्रममा उल्लेख गरिने छ ।
७ प्रत्येक अंकमा प्रायोजकहरुको नाम लेखीने छ ।
८ बर्षको एक पटक कलेक्शन गरि सबै रेर्कडहरु समाबेस गरि एक कलेक्शन बुक निकालीने छ । उक्त प्रकाशनमा पनि प्रत्येक प्रायोजकहरुको नाम फोटो सहीत प्रकाशन गरिने छ । स्मरण रहोस प्रायोजन गर्ने संघ संस्था/ब्यक्तिले ३ महिना बराबरको प्रयोजन गर्न अनिवार्य छ । प्रायोजन गर्न चाहानुहुने संघ संगठन तथा ब्यक्तिहरुले विनेसामको ईमेल ठेगना gfnlksa@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
९ थप जानकारीको लागी कृपया ईमेल गनुहोला ।

मिडिया पाट्नरहरुः
प्रस्तावित मिडिया पाटनरहरु ।

(PNN) www.prabasinepali.com

http://quizmaster.blogxome.com

http://gfnl.blog.com

www.nepaliliterature.org
www.nepalarab.com
abhiyan Times weekly
Muglani Saugat

अनलाइन पत्रिका | समावेशी खबर र आवाजको संवाहक

http://www.nepalqataronline.com

http://www.solidaritykhabar.com

http://nepalkuwait.com

http://nepalsamuha.com

http://dcnepal.com

गृहपृष्‍ठ

http://freenepal.com

http://www.facebook.com

http://nepalgulfn.blogsome.com

www.kalikochhal.synthasite.com
www.elamjung.com

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाको स्थापना
गत २७ अगष्ट २०१० का दिन साउदी अरेवियामा रहनु भएका साहित्यिक स्रष्टाहरुले विधिवत रुपमा विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको निर्माण गरेका छन् ।

१४५ औ मोती जयन्तिको अवसरलाई शुभसाइत मानेर एक कार्यक्रमको आयोजना गरी महासंघ निर्माण भएको घोषणा गरिएको थियो । शाखाका पदाधिकारीहरु यसप्रकार रहेका छन् । अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, अर्थसचिव र अर्थसहसचिवमा क्रमशः खगेन्द्र अधिकारी अमृत, सूर्यकिरण याख्खा, पुष्पक वली, कमल शाही निर्मल, रुपक दाहाल, दुर्गाबहादुर शाही र राजु पौडेल रहनु भएको छ भने सदस्यहरु कुमार श्रेष्ठ, पूर्ण गुरुङ, शिववहादुर थापा, राजेन्द्र महतो, विष्णु प्रसाद चापागाई, कृष्ण प्रसाद सतुगे र दिलकुमार श्रेष्ठ एक्ले रहनु भएको छ भने केन्द्रिय प्रतिनिधिको लागि सागर श्रेष्ठलाई चयन गरेको छ । महासंघको सल्लाहकारहरुमा छाँयाचन्द्र भण्डारी, सुविन श्रेष्ठ, सुरज गिरी, कोपिला राई रहनु भएको छ ।

कार्यक्रमलाई प्रवासीनेपालीडटकम ले प्रत्येक्ष प्रसारण गरेको थियो भने उक्त कार्यक्रमलाई साहित्य महासंघ केन्द्रिय अध्यक्ष डा. मधु माधुर्य रसिया र महासचिव विश्वास दीप तिगेला ब्रुनाई बाट प्रत्येक्ष फोन मार्फत सम्बोधन गरेका थिए । कार्यक्रमको संयोजक सागर श्रेष्ठले गर्नुभएको थियो ।

अत्यन्त जरुरी सुचना ! अत्यन्त जरुरी सुचना !! अत्यन्त जरुरी सुचना !!!

आदरर्णिय साहित्य प्रेमी प्रवासी मित्रहरु
ढिलै भए पनि विश्व नेपाली साहित्य महासंघको विधिवत रुपमा स्थापना भई सकेको छ । यो एउटा खुसीको पाटो हो । यसै शिलशिलामा साउदी अरेवियामा रहेका सहित्यीक सर्जकहरुलई समेटेर यस विश्व नेपाली साहित्य महासंघको शाखा विधिवत रुपमा स्थापना गर्न लागी रहेको हुदा साहित्य प्रति रुचि भएका ब्यक्तिहरुलाई यस संघमा प्रतिबद्व भई नेपाली भाषा साहित्य कला र संस्कृतिलाई बाचई राख्नको लागी छिटै स्थापना हुन लागेको साउदी अरेविया शाखाको लागी तंपाईको नाम र विविरण विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाको सचिवालय ईमेलमा १५ दिन भित्र पठाउन हुन हार्दिक अनुरोध गरिन्छ ।

समाबेश भएको सबै नामहरु तपाईहरुलाई पठाईने छ । त्यसपछि साईबर मिटिङ्ग गरेर को को कुन कुन पदमा बसेर काम गर्ने हो । छलफल गरि विधिवत रुपमा स्थापना गरिने छ । कोहि साहित्य प्रति रुचि राख्ने तर ईमेलबाट टाढाहुनुहुन्छ भने पनि जानकारी गराउनुहोला । साथै साउदी अरेवियामा रहनुभएका अन्य साथीहरुलाई पनि जानकारी गराउनुहोला । जुनसुकै संघ संगठनमा आबद्व भएको ब्यक्तिहरु यस संघमा समाबेस हुन सकिने छ ।

सम्पर्क: gnlfksa2010@gmail.com

भवदिय

विश्व साहित्य महासंघ
साउदी अरेविया शाखा सचिवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *