साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित

बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले एक विशेष कार्यक्रमका बिच ‘सगरमाथादेखि मृतसागरसम्म’ नामक संयुक्त गजल संग्रह विमोचन गरेको छ । महासँघ इजरायल शाखाले गत १८ अप्रिल शुक्रवार इजरायलमा रहेका साहित्यक स्रस्टाहरुद्वारा रचना गरिएका गजलहरुको संयुक्त गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ विमोचन गरेको हो ।

तेलअभिवको केन्द्रिय बसपार्कस्थित एभरेस्ट डिस्को हलमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको नयाँ बर्ष शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा पुस्तक विमोचन गर्दै राजदूत प्रसाईले नेपाली साहित्यको उर्वर भुमीको रुपमा रहेको इजरायलबाट पछिल्लो समयमा थुप्रै साहित्यक कृतिहरु निस्किने क्रम बढिरहेकोमा हर्ष व्यक्त गर्दै उपस्थितहरुमा नयाँ बर्ष २०७२ को शुभकामना व्यक्त गर्नुभएको थियो ।
gfnl isreal
स्वागत मन्तव्य राख्दै संघकी सचिव कल्पना पौडेल जिज्ञासुले विश्व नेपाली महासंघ इजरायलले सम्पूर्ण उपस्थितहरुमा नयाँ सालको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाहरुका प्रतिनिधीहरु लगायतका थिए ।

त्यस्तै कार्यक्रममा संस्थाकी सदस्य नितु खतिवडाले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा साबित्रा लुईटेल घिमिरेको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । २१ जनवरी २०१२ मा कविता शर्माको अध्यक्षतामा स्थापना गरिएको विश्व नेपाली साहित्य माहासंघ इजरायल तत्कालिन अध्यक्ष शर्मा नेपाल फर्किसकेपछि सन् २०१३ मार्चदेखि काजल घिमिरे नानुले अध्यक्षता गर्दै आइरहेकोमा संस्थाको विधानत उहाँको कार्यकाल समाप्त भएसँगै निबर्तमान अध्यक्ष काजल घिमिरेको संरक्षकत्व तथा साबित्रा लुईटेल घिमिरेको अद्यक्षतामा २९ सदस्यिय कार्यसमिती चयन गरिएको छ । जसको प्रथम उपाध्यमा दिपेन्द्र थापा, द्वितिय उपाध्यक्षमा देवी सुवेदी, महासचिवमा सानु गुरुङ, सचिवमा कल्पना पौडेल जिज्ञासु, सहसचिवमा गणेश गौतम सागर, कोषाध्यक्षमा राधा भट्टराई र सहकोषाध्यक्षमा वसु श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सावी पाठक, मुना सिग्देल, अम्विका याम्फु राई, जमुना घिमिरे, निता खनाल, आर के शर्मा, धर्म भण्डारी, शान्ता खवास, निता कटुवाल, रजनी शर्मा, रश्मी केसी, माला खनाल, रानु सुवेदी वस्नेत, रश्मी केसी, विमला शर्मा, समाश्री राउत, निलम भुसाल, वेद प्रकाश घिमिरे, कृष्णकला वनेम, मुना ढकाल, सिता अधिकारी तिमल्सिना रहेका छन् । सल्लाहकार समिति भने चयन गर्न बाँकी रहेको संघकी सचिव कल्पना पौडेल जिज्ञासुले जानकारी दिनुभयो ।

नव निर्वाचित उपाध्यक्ष दिपेन्द्र थापाले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत प्रसाई, विश्व नेपाली साहित्य महासंघ इजरायलकी निवर्तमान अध्यक्ष काजल घिमिरे (नानु) र नव निर्वाचित अध्यक्ष साबित्री लुईटेल घिमिरेले संयुक्त रुपमा गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ को विमोचन गर्नुभएको थियो ।
gfnl isreal2
कार्यक्रम समापनको गर्दै कार्यक्रमकी सभापति काजल घिमिरेले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने संस्थाका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु र उपस्थित सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो ।

कार्यक्रमका दौरान उपस्थितहरुले आफुले सृजना गरेका गजल, गीत, कविता तथा मुक्तकहरु प्रस्तुत गरेको थियो भने नृत्य पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको शुरुवातमा केही साता अघि व्लड क्यान्सरका कारण असामहिक मृत्युवरण गर्न भएकी साहित्यकार स्व. कौसिला लामिछानेको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो ।
(साभार:a1khabar.com)