साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।

gfnl logoनयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी, विष्णु पङ्गेनी, सुमन पुन र नन्दराम खड्का चयन हुनुभएको छ भने सल्लाहकारहरुमा सूर्यबिक्रम याख्खा, कमल शाही, डोरबहादुर कार्की, जैवी राई र चेत गुरुङ रहनु भएको छ ।

सन् २०११ मा उत्कृष्ट शाखा घोषित यस शाखाको स्थापना सन् २०१० मा भएको थियो । नयाँ नेतृत्वलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको गत २८ जनवरी २०१५ मा सम्पन्न बैठकले अनुमोदन गर्दै बधाई ज्ञापन गरेको छ ।

– सूर्य विक्रम याख्खा

Leave a Reply

Your email address will not be published. Required fields are marked *