सूचना

सूचना

विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि आब्हान गरिएको कविता पठाउने समय आज (१५ मंसिर २०७१) औपचारिक रुपबाट बन्द गरिएको छ । इमेलमा प्राप्त भएकाहरु सबै छुटटाई नसकिएकोले कति भए एकिन भएको छैन तर अत्यधिक प्राप्त भएका छन् । सहभागि सबैलाई बधाई एवं शुभ कामना । प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।

अत्यन्तै उत्साहपूर्वक प्राप्त कविताहरुले हामीलाई थप उर्जा दिएको छ । प्राप्त ति कविताहरुको प्रशोधन प्रकृया अघि बढिसकेको छ । केहीले कविताको साथमा आफैले वाचन गरिएको अडियो फाइल पठाउनु भएको छैन, कसैले फोटो पठाउनु भएको छैन । अपुरा ती केही कविताहरु समावेश गर्न असमर्थ हुनेछौ । टाइप वा स्कान गरेको कविता, प्रतियोगिताको लागि पठाएकै कविता कविको आफ्नै स्वरमा रेकर्ड गरेर अडियो फाइल र फोटो तपाईले पठाउनु भएको छैन भने तुरुन्त पठाउन अनुरोध गरिन्छ । प्रशोधन गरि वेवपेजमा राख्न केही समय लाग्ने भएकोले प्रशोधन गरि नसकिन्जेल सम्म छुटेको भए अझै पनि पठाउन सक्नुहुनेछ ।

हाम्रो उद्देश्य मध्ये स्तरिय कविता प्राप्त गर्नु हो । त्यसैलाई छुट्याउनु हो । तसर्थ मूल्याङ्कन गर्न केही समय लाग्ने भएकोले अन्तिम नतिजाको लागि लगभग ३ महिना लाग्न सक्ने जानकारी गराइन्छ । उक्त अवधिभर तपाईको सम्प्रेषित कविता अन्यत्र नदिन वा प्रयोग नगर्न आग्रह गरिन्छ ।

जय नेपाली साहित्य ।

विश्वास दीप तिगेला
अध्यक्ष
हालः लण्डन

खगेन्द्र अधिकारी
सचिव,
नेपाल

मितिः १५ मंसिर २०७१

Notice_for_poetry2014

2 thoughts on “सूचना

  1. हुनपनि कुनै पनि कलाकाे पारखिलाई छुट्याउन अथवा उस्लाई तथस्त उभ्याउन समय लाग्छ ।साहित्य पनि एउटा समय लाग्छ ।अरकाे बिचार शुद्ध भएपछि अावश्य सफल हुन्छ ।यस्काे पुर्णरुप हेर्न नयन र देख्न यी कान सधै लालयित रहेने छन ।
    राम थापा ‘सेरु’
    म्यान्मार माेगाेक

  2. पिउँदै जाँदा विडिं सकिन्छ ।हिड्दै जाँदा यात्रा टुङिन्छ।पढ्दैजाँदा अक्षर चिनिन्छ ।खाेज्दैजाँदा कारण भेटिन्छ ।पाँच औंलामिले मुठ्ठी बन्छ ।हामी मिले गुठी बन्छ ।सेवामा आँखा खुलाउने सेवा अमूल्यछ साहित्यकाे

    माेहनराज खनाल
    बर्मा शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *