सूचना तथा अनुरोध

आदर्णिय स्रष्टा सर्जक तथा शुभ चिन्तक ज्यू

विश्व नेपाली साहित्य महासंघको ५ औ स्थापना दिवस तथा आदीकवी भानुको २०१ औ जन्म जयन्तिको अवसरमा साहित्य महासंघको तर्फबाट
१. नेपाली साहित्य दुत सागरमाथा २०१४,
२. नेपाली साहित्य दुत कन्चन्जघा २०१४,
३. नेपाली साहित्य दुत लोत्से २०१४

घोषणा गरिने भएकोले उपयुक्त ब्यक्तिको नाम १२ जुलाई भित्र सिफारिस गर्नुहुन हार्दिक अनुरोध गरिन्छ । लामो समयदेखि निरन्तर नेपाली साहित्यको क्षेत्रमा काम गर्नुभएको तर ओझेलमा पर्नुभएका स्रष्टालाई सिफारिस गरि सहयोग गर्नुहुनेछ भन्ने आस लिएका छौ । साथै, साहित्य महासंघ शाखाहरु मध्ये उत्कृष्ट शाखा र उत्कृष्ट सदस्य पनि घोषणा हुनेभएकोले आआफ्नो शाखाको प्रतिवेदन केन्द्रमा यथासक्दो चाडो पठाउनको लागि पनि यो सूचना जारि गरिएको छ ।

भवदीय

विश्व नेपाली साहित्य महासंघ
विश्व केन्द्रीय सचिवालय

Press-Release

Leave a Reply

Your email address will not be published. Required fields are marked *