विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ ।

युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छ ।

नेपाली साहित्यको विश्वव्यापी संरक्षण, सम्बद्र्धन, विकास र विस्तार गर्ने उद्देश्यले विसं २०६७ भानुजयन्तीमा स्थापित महासङ्घको १४ मुलुकमा १६ शाखा छन् । महासङ्घले गैरआवासीय नेपाली सम्मेलनका अवसरमा आगामी कात्तिक ८ गते नेपालमा विश्व नेपाली साहित्य सम्मेलन गर्दैछ । रासस