साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

निमन्त्रणा

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह साथै मलेशियाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई सफथ ग्रहणको कार्यक्रम यहि १३ जुलाई २०१३ को दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुने भएकोले सम्पूर्ण स्रष्टा सर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

आयोजक
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति
————————————————————

निमन्त्रणा

आदीकवी भानुको २०० औं जन्मजयन्ति तथा साहित्य महासङ्घको चौथौ स्थापना दिवसको अवसरमा मलेशियामा रहनुभएका सर्जकहरुद्धारा संचालित सा.सा.स. अन्तर्गत साहित्यिक सम्मान तथा केस्रा विधाको अन्तरक्रिया कार्यक्रम यहि १४ जुलाई २०१४ का दिन क्वाललम्पुरमा सुसम्पन्न हुनेभएकोले सम्पूर्ण स्रष्टासर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

विश्व नेपाली साहित्य महासङ्घ, मलेशिया शाखा
——————————————————————–

निमन्त्रणा

२०० औ भानु जयन्तीको उपलक्ष्यमा वाङ्गमय चौतारी सुर्खेतको आयोजना, विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिको सह आयोजनामा पुस्तक बिमोचन तथा कविता प्रतियोगिता यहि असार २९ गते सुर्खेत क्याम्पस शिक्षाको हलमा दिनको ठिक १ बजेदेखि हुने भएकोले सम्पूर्ण साहित्यिक मनहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ

खगेन्द्र अधिकारी “अमृत”
सचिब
विश्व नेपाली साहित्य महासंघ
विश्व केन्द्रीय समिति
————————————————————————–

निमन्त्रणा

विश्व नेपाली साहित्य महसंघले २०० औ भानुजयन्ती विश्वभर विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । यस विश्व केन्द्रीय समितिले जुलाई १३ को दिन अनलाइन साहित्य गोष्ठी- कविता, गजल् ,हाइकु ,ताङ्का, मुक्तक्, लघुकथा, लघुनियात्रा, पारिचायिक, केस्रा र प्रतिविधा जम्मैको वाचन कार्यक्रम छ । सबै साहित्यिक मनहरुलाई निम्तो गर्दछु ।
सम्पर्क माध्यम skype ID:nepaliliterature
समयः नेपाल समय बेलुकी ७ बजे

समदर्शी काइँला
महासचिव- विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समिति
—————————————————————-

निमन्त्रणा

विश्व नेपाली साहित्य महासङ्घ, रसिया शाखाले निम्नअनुसार महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औ भानु जयन्ति समारोह सुसम्पन्न गर्ने कार्यक्रम रहेकोले स्रष्टासर्जक सबैलाई उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरिन्छ ।
मितिः १३ जुलाई २०१३
समयः बेलुकी ४ बजे
स्थानः नेपाली राजदुताबास, मस्को

भवदीय
प्रकाश पाल
सचिव
विश्व नेपाली साहित्य महासङ्घ, रसिया शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *