प्रेस विज्ञप्ति

अध्यक्ष ज्यू
विनेसाballot-boxम शाखा तथा महासङ्घ सम्बद्ध साहित्यक संस्था

विषयः विनेसाम केन्द्रीय नयाँ नेतृत्व चुनाव सम्बन्धमा,

महोदय,

विश्व नेपाली साहित्य महाङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व निर्माणको संघारमा आईपुगेका छौ । अब बन्ने केन्द्रीय समितिमा प्रत्येक शाखाबाट कम्तिमा १ जनाको सहभागिता रहन सकोस भन्ने उद्देश्य रहेकोले सामुहिक छलफल गरि बढिमा २ जनाको नाम तत्कालै सिफारिस गर्न यो जानकारी गराइन्छ । साथै नयाँ नेतृत्व निर्माण सम्बन्धमा शाखाको तर्फबाट कुनै सुझाव, सल्लाह भएमा सम्प्रेषण गर्न साथै नेतृत्व निर्माणको लागि भोट दिनको लागि पनि तम्तयारी रहन जानकारी गराइन्छ । विस्तृत जानकारीको लागि महासङ्घको आधिकारिक वेवसाइट हेर्नुहोला ।
जय नेपाली साहित्य

विश्वास दीप तिगेला
महासचिव
विनेसाम, केन्द्रीय समिति
३१ मे २०१३
————————————————————

चुनावको समय तालिका
१. जुन १ देखि ७ गते भित्र उम्मेदवार दर्ता
२. जुन २८ मा निर्वाचन
३. जुलाई १३ देखि नयाँ नेतृत्वबाट कार्यभार शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *